Skip to content

Bantawabj

मेरो आमाको रहर…!

पिठ्युँमा डोको अनि डोको भरि
धेरै गह्रौं भार बोकी लौरोको सहारा
लिएर उकालिन्दैछिन मेरी आमा।
बेंशीको खेत र झुप्रो घर उनको
जिबन भरिको गन्तब्य भएको छ।
हरेक बिहान उनलाई सताउन
घाम लुकामारी खेल्दै,

मुक्तक


आकंक्षाको आँचल ओढी तिमीलाई पर्खीबसें
डोबाटोको मोडहरु छोडी एक्लै यहाँ तर्कीबसें
धोकेबाज रैछौ तिमी मुख मोडी टाढा गयौ,
तिमी आउने बाटोभरि सञ्जीवनी छर्कीबसें।

अलौकिक अनि भयबह रात,,,

त्यो रात, चुक घोप्टिएको रात,
बिशाल अनि कालो रात,
भयानक अनि भयाबह,
कम्पित हुँदै पड्किएको त्यो रात,
त्यो सुनसान शहर भित्र एक्कासी
गरीबका झुपडीभित्र तिखा संगीनले
चिथ्रा चिथ्रा बनाएको त्यो रात,

यस्तो एउटा सिनेमा हेर्दैछु,,,,,

हेर्ने सबै सिनेमा टिकट काटी
रंगीन पर्दामा हेर्छन, तर,, तर म
म यहाँ बाहिर खुला आकाशमुनी
नेपाल आमाको काख माथी
खुल्ला सिनेमा हेरी रहेको छु।
म यहाँ न पर्दाभित्रको झैं बियोगान्त

पाँच मुक्तक (अब त टाढा भएछु)

अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरू असीमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।

जिउँदो अवशान

धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरू,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।
म इच्छा गर्छु, सपना देख्छु, अनि डुब्छु कल्पनामा
मेरो अथक प्रयास सबै साँगर बिच
थोप्लिएको आँशु झैं बिलिन भएर जान्छ।

तिमीले बालेको आगोमा,,,,,

तिमीले यहाँ खोजेको शुर र ताल,
अनि तिमीले रचेको सम्पुर्ण जाल
आज एउटा क्रन्दन भएर पोखिंदैछ।
तिमीलाई सुम्पिएको त्यो ताजको
मुल्य चुकाउन सकेनौ कहिल्यै,
तिमीले ओछ्याएको बिकाशको सपनाहरु

आफ्नै भुल सँगै रोएँ

म त कहिले उनले दिएको फूलसँगै रोएँ।
धोका दिन्न भनी उनले बाँध्या पुलसँगै रोएँ।

पाउनु मात्र हैन हराउनु नि माया भन्थे
हराउँदा जमेको आँशुको सबै मुलसँगै रोएँ।

साँचो प्रेम कहिल्यै बिछोड हुन्न भन्थे

खडेरीले राज गर्‍यो कि मेरो पानी पँधेरीमा

खडेरीले राज गर्यो कि मेरो पानी पँधेरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेरीमा |

मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियो कि
दु:ख, पीडा, आँसुको भेलले आमालाई रेट्यो कि

रुवाई

४,रुवाईहरु:


बेनामीको लहर भित्र एउटा नाम खोज्दैछु म।
हरामीको शहर भित्र एउटा राम खोज्दैछु म।
सबैले सोध्छन मलाई के गर्‍याछस आजकल
बेरोजगारी छु पेटको लागी एउटा काम खोज्दैछु म।

तिहार तिमी…….!

तिहार तिमी नरोइदेऊ मेरो दिदी र बहिनीको,
त्यो कोमल नयनको नुनिलो आँशु बनेर ।
परिस्थितीको बोझहरु सजिलै उठाउन नसक्दा,
आज टाढिएको छु म, एउटा परदेशी बनेर।

मलाई पनि कहाँ छ र मन, टाढा भै बस्ने,

शुभकामना!

तिम्रो मन महासागर हो,
सदा माछा भै आउनेलाई बास दिनु
अनि आहारा दिनु तिम्रो धर्म।
तिम्रो हृदय मन्दिर हो,
आशा बोकी आउने भक्तहरुलाई
उमंग र उत्साह दिनु तिम्रो धर्म।
तिम्रो बोली सञ्जीवनी हो,