पाँच मुक्तक (अब त टाढा भएछु)



अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
मैले देख्ने सपना र रहरहरू असीमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।

हुन्थ्यो होला अर्को संसार आकश ले भुईं छुदा,
असम्भवहरू मात्र थोपरिन्छन प्राणी नीरिह हुदा,
यो संसारनै असम्भवको पोका हो त, निरिहको लागी?
बुझ्ने सुन्ने कोही हुन्नन नीरिह प्राणी यहाँ रुँदा।।

आज मेरो देश स्वीजरल्यण्ड झै सजाउनेहरू
झुठो आस्वसनमा हैकम यहाँ चलाउनेहरू,
अझै पनि यहाँ बर्दी पहिरिएर घुमी रैछन
आस्वसनको पोका फ्याँकी जनता उल्लु बनाउनेहरू।।

आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,
आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,
बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,
जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।

गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
शोषक अनि महाजनहरू गरीब चुसी मोटाउछन यहाँ,
तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी
जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

13 thoughts on “पाँच मुक्तक (अब त टाढा भएछु)”

  1. गरीब मुलुक हाम्रो नेपाल, गरीब
    गरीब मुलुक हाम्रो नेपाल, गरीब नै अटाउछन यहाँ
    शोषक अनि महाजनहरु गरीब चुसी मोटाउछन यहाँ,
    तन्त्रै तन्त्र आईरहन्छ यहाँ रुप धारण गरी गरी
    जे तन्त्र आएपनि गरीबलाई धुलो चटाउछन यहाँ।।
    damdaar chha bj sir yasta sahitya padhna pai rahu.

    Suraj limbu
    KSA

  2. अब त टाढा भएछु, मेरो नाम
    अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला,
    मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला,
    मैले देख्ने सपना र रहरहरु असिमित नै भएछन क्यारे,
    मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।
    Bj sir, mata love romantic maan6e aaja tapaiko yo post le ta ma ta yati serouse bhaye ki tyo ma bhanera bhannai sakdina, sadhai tapai ko samaya yasari nai sahityik rahos.

    Tapai kai bhai
    MandirMilan

  3. आफ्नो लागी यहाँ जनता बोल्न
    आफ्नो लागी यहाँ जनता बोल्न पनि डराउँछन,
    आँखा भरी अन्याय बोकी मन भित्र कराँउछन,
    बाहिर बोल्न नसक्नेले सहनै पर्छ अन्याय त,
    जति मान्छे चुप बस्यो, शोषक झनै पाप गराँउछन।

    yasaile ta nepal chabaai rakheko chha ni ta
    hami shup rahanchhau ani ta deshma sabai thula bada haru hukum chalauchahn.

    Angryman.

  4. muktak le sabai sametna
    muktak le sabai sametna kojeko chh BJ ji badhai chh tapai lai
    afu tadha hudako pida,
    nerihatako bedana,
    netako charitra,
    janatako nirbikalpa byatha
    ani
    nepalko rajnaitik asthirata
    sabai sametnu bhaeko chh tapaile afna muktak ma damdar ani samaya sapeksha chh
    ani shuvakamana chh tapailai ajhai gochila ra pechila srijana kornako lagi………..

    Ashank Upadhyaya
    Nepal

  5. Hajurka harek muktak ma
    Hajurka harek muktak ma yethaartha pokhiyeko chha….
    आज मेरो देश स्वीजरल्यण्ड झै सजाउनेहरु झुठो आस्वसनमा हैकम यहाँ चलाउनेहरु, अझै पनि यहाँ बर्दी पहिरिएर घुमी रैछन आस्वसनको पोका फ्याँकी जनता उल्लु बनाउनेहरु…………

  6. सम्पूर्ण मेरा शुभचिन्तकहरुमा
    सम्पूर्ण मेरा शुभचिन्तकहरुमा मेरा सहयात्री साथीहरुमा हार्दिक हार्दिक क्रितज्ञ ब्यक्त गर्दै तपाईंहरुको अमुल्य सुझावको लागी मुरी मुरी धन्यवाद।
    आगमी दिनहरुमा पनि यसै गरी भेटघात हुने कोशीली लिएर आउने प्रण का साथै जदौ ।

  7. gauma kura chalaye hunchha
    ropeka ti piratiko bot aba dhalaye hunchha
    chhutyo hamro maya bhandai gauma kura chalaye hunchha
    ajambari bhanthyeu maya aafaile maridiyeu
    sradanjali sworup aba auta diyo jalaye hunchha
    chhutyo hamro maya bhandai gauma kura chalaye hunchha
    aaidela yad mero timilai tesle garda
    falideu tyo authi chino aba timile nalaye hunchha
    chhutyo hamro maya bhandai gauma kura chalaye hunchha
    manma aajabata jagyo ghrina maya prem sanga
    jalai diye tasbir timro mero pani jalaye hunchha
    chhutyo hamro maya bhandai gauma kura chalaye hunchha

  8. english nepali hindi korean and malaysian
    सहि कुरा हो हजुर के गर्नु यो देशमा यस्तै छ।।

  9. kura ta thikai ho tapaiharuko
    kura ta thikai ho tapaiharuko pani tara k garnu yo deshma hjrle vane jastai xa same

  10. तिमीलाई प्रेमपत्र
    * तिमीलाई प्रेमपत्र *
    खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद
    कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र
    होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी
    एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर ।
    सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो
    मनले मान्दैन ।
    हराई रहेछु म सपनाको संसारमा तिमी मेरो
    सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको
    मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के
    भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना
    व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु ।
    कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
    मसँग छ त्यो सुर्यको किरण जुन हिँउले
    ढाकिएको पहाड आइ ठोकिएको छ, हो
    तिमी मेरो किरण हौ । म यो सानो
    कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु ।
    तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ
    आफैलाई थाहा छैन ।
    संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ
    प्रितका गितहरु । थाहा छैन आज यो सब किन
    भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन्
    । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो
    मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा
    हुदैन भन्ने त सुनेको थिए तर मैले सुनेको कुरा सही
    रहेछ भन्ने लागिरहेको छ । आज आकासरुपी यो
    सुनसान शान्त छानो र चम्किला ताराहरुको
    माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही
    मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के
    भैरहेको भनेर ।
    I don’t know others existing in this world but
    only I love you, please don’t break my heart.
    Because I have totally sacrificed my life towards
    you. I only know you. I am ready for waiting you
    decades.
    थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ,
    सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी
    मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ । तिमी मेरो
    मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले
    तिमीलाई पुकारीरहेछ । म तिमीलाई
    आफुभित्रै राख्न चाहान्छु । यदि तिमी
    आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु
    तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर ।
    तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो
    रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा
    छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल
    आफुलाई पाउनेछौ मात्र आफुलाई ।
    कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु,
    अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा
    निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु ।
    Please मेरो भावनालाई नटुक्राउ ल यदि
    तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा
    तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर ।
    जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ
    कि I Love You, के तिमी मलाइ माया गर्छौ,
    तिम्रो निर्णयले नै मेरो जीवनको बाटो
    निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *