Skip to content

Betha

बिचरा देशकै चिन्ता

  • by

मन्दिरहरूमा वर माग्दै ढुङ्गो पुज्दै देशकै चिन्ता,
सत्ता हुँदा भाडमा देश कुर्सी गुम्यो त्यसकै चिन्ता ।

कुर्शी गुम्ने सबै जनलाई टाढा पर्दा त्यसको चिन्ता,
अवसर हुदा आफ्नै चिन्ता सारा गुम्दा देशको चिन्ता ।

BeluKajiThapa

शुभ हो मझेरी

अन्धकार छोचोल्दै संधार टेक्दैछ मझेरी,
प्रभातका उज्जरतामा हराउदै छ अँधेरी ।
विराट सम्भावना हो मझेरी ।
विसाल भन्डार भो मझेरी ।

छरिएका जयजातको बास बन्यो मझेरी,
रचनाका भारी बिसाउने चौतारी हो  मझेरी ।
हो तिर्खा मेटन जीवनभर्ने थलो हो पधेरी ।
ज्ञानको भोक मेटने अनाज हो मझेरी ।