अन्धकार छोचोल्दै संधार टेक्दैछ मझेरी,
प्रभातका उज्जरतामा हराउदै छ अँधेरी ।
विराट सम्भावना हो मझेरी ।
विसाल भन्डार भो मझेरी ।
छरिएका जयजातको बास बन्यो मझेरी,
रचनाका भारी बिसाउने चौतारी हो मझेरी ।
हो तिर्खा मेटन जीवनभर्ने थलो हो पधेरी ।
ज्ञानको भोक मेटने अनाज हो मझेरी ।
तिमी थाक्नु हुन्न मात्नु हुन्न मझेरी,
किनकि तिमी नेपालीका दौतरी हौ मझेरी ।
तिमी जाग्नुपर्छ, केवल लाग्नु पर्छ मझेरी ।
किनकि मन विसाउने चौतारी हौ मझेरी ।
अन्धकार छोचोल्दै संधार टेक्दैछ मझेरी,
प्रभातका उज्जरतामा हराउदै छ अधेरी ।
विराट सम्भावना हो मझेरी ।
विसाल भन्डार भो मझेरी ।

शुभ हो मझेरी
सुन्दर शब्दहरूको लागि धेरै धन्यवाद बेलुजी ! तपाईँका सुझाबहरू शिरोधार्य छन् ।