सजिलै सहर पसेर
रहर बेचेको मान्छे म
चिन्दा नचिन्दै आफैलाई
बेच्न पुगेको म
हेर्दा हेर्दै जुनतारा
दिन ढले को मान्छे म
खै कसरि परिभाषा दिउ आफैलाई
वैसले ठगेको मान्छे म
निहारिका संगै
उस्तै खोज
उस्तै आविस्कार
खाली फरक नामहरु
यात्रा गरिरहनछन
अस्तित्वो खोजिरहन छन /
मेरो मन भरि आजकाल !
मन , मन नभएपछि
आखाहरु निदाउन बिर्सिनछन /
अनि
पलायन हुन्छन सपनाहरु