Skip to content

ढुंडी बैरागी

वैसले ठगेको मान्छे म …….

सजिलै सहर पसेर
रहर बेचेको मान्छे म
चिन्दा नचिन्दै आफैलाई
बेच्न पुगेको म
हेर्दा हेर्दै जुनतारा
दिन ढले को मान्छे म
खै कसरि परिभाषा दिउ आफैलाई
वैसले ठगेको मान्छे म
निहारिका संगै

अर्थ नबुझेपछि

उस्तै खोज
उस्तै आविस्कार
खाली फरक नामहरु
यात्रा गरिरहनछन
अस्तित्वो खोजिरहन छन /
मेरो मन भरि आजकाल !
मन , मन नभएपछि
आखाहरु निदाउन बिर्सिनछन /
अनि
पलायन हुन्छन सपनाहरु

बिडम्बना

मिर्मिरेमा बास्ने भालेहरु
आजकल बास्न छोडेका छन्
खै कुन्नि किन हो ?
कौशी भरि ……………
असरल्ल छन्
मान्छेले छोडेका चाराहरु…/
ओथारोमै चिसिएका छन् फूलहरु
ममताको अभाबमा