Skip to content

Manojmansoon

पाटी र पौवा गरा र पाटो

पाटी र पौवा गरा र पाटो मेरै देश रमाइलो
बन र जंगल बाटो र घाटो मेरै देश रमाइलो

झरे नि आँशु म त्यहीं बाँचु परेली पुछेर
लाग्दछ अब स्वर्गको साटो मेरै देश रमाइलो

शितल हावा चल्दछ सारा कुना र कन्दरा
स्वर्ग छ वहाँ नबन लाटो मेरै देश रमाइलो

कहिले शहरमा डुलायौ

कहिले शहरमा डुलायौ मलाई
कहिले बगरमा भुलायौ मलाई l

मोहनी लगायौ प्यासी बनायौ
प्रेमको जहरमा झुलायौ मलाई l

पोटिला प्याला चोटिला गजल
सुनायौ बहरमा रुलायौ मलाई l