कहिले शहरमा डुलायौ मलाई
कहिले बगरमा भुलायौ मलाई l
मोहनी लगायौ प्यासी बनायौ
प्रेमको जहरमा झुलायौ मलाई l
पोटिला प्याला चोटिला गजल
सुनायौ बहरमा रुलायौ मलाई l
घामको तापमा सुकेथ्यो फुल
रोपायौ नहरमा फुलायौ मलाई l
कसिला तनले रसिला नयनले
तानेर अधरमा सुलायौ मलाई l
(lss) फऊलुन् x४ रुक्नमा आधारित
(बहरे मुतकारिब मुसम्मन सालिम)
मनोज मनसुन
mansoonmanoj@yahoo.com
