Skip to content

Nirmala

गजल

आज August 2, Friendship Day को उपलक्षमा बिशेश त सम्पूर्ण साहित्य-प्रेमी साथीहरुमा यो गजल समर्पित गर्न चाहन्छु ।

भेटे पछि छुट्नु पर्ने रित ठन्नु जिन्दगीको
अनयासै टाढा हुनु प्रित ठान्नु जिन्दगीको

बरदान छैन कसैलाई ‘नि सधैं साथ रहन त
कोही त्यागी कोही पाउनु जित ठान्नु जिन्दगीको

गजल

के टुङ्गो र मर्ने दिनको हाँसेरै बाँचौ साथी
सबैसँग आत्मियता गाँसेरै बाँचौ साथी

आयौं रित्तै जान्छौँ रित्तै मरिलाने होइन केही
लोभ-लालच्, रिस-द्वेष मासेरै बाँचौ साथी

गजल

कहिले काँही त मिठो बोल झर्किएर हुन्न सँधै
दुनियाँले ताली पिट्छन् तर्किएर हुन्न सँधै

सँकल्प गरिसक्यौं यो यात्रा सँगै गर्ने
सम्झौता ‘नि गर्नु पर्छ दर्किएर हुन्न सँधै

गजल

सम्झे मात्र पुग्छ मलाई एक साथीको नाताभित्र
सजाई राख्न पर्ने छैन चोखो दिलको खाताभित्र

साईनो गाँस्न खोज्नेलाई मित्रतानै काफी हुन्छ
अजम्बरी हुन्न भन्छन् प्रेम मय छाताभित्र

गजल

मनमा सधैं आँधी तुफान बितेको पाल पनि
बिग्रने नै भयो हजुर छैसट्ठी यो साल पनि

भन्छन् सबै नयाँ सालले बिहानी नयाँ ल्याउछ
बेखबर नै छ हजुर मेरो त हाल पनि

गजल

हुनेले त भन्छन् होला धन सँगै साट्छु माया
धन दौलत होइन मत मन सँगै साट्छु माया

जुग जान्छ भन्ने छैन पैसाले किन्या माया
यथार्थता झल्किएको तन सँगै साट्छु माया

गजल

साचो माया गरिरन्छु पत्र कुनै केर्दिन म
बिस्वास नहोस् चाहे तिम्लाई मनको आस्था फेर्दिन म

रोजे तिम्लाई यी अधरले चुने लाख हजारौमा
तिम्लाई छाडी कोही पराई अङ्गालोमा बेर्दिन म

गजल

सधैंभरि मुस्कुराउने कत्ति राम्रो बानी तिम्रो
शब्दभित्र अटाउदैन बयान सबै नानी तिम्रो

शिरदेखि पाउ हेरे खोट लाउने ठाउँ पाईन
मुहर नै छ चन्द्र जस्तो झलमल्ल रानी तिम्रो

गजल

तिम्लाई छाडी अरुसँग झुटो कसम खा’को छैन
सत्य कसम त्यो ज्यान बाहेक अन्त नजर ला’को छैन

म त तिम्रो भरोसामा सैयौं जुनी काट्न सक्छु
तिम्ले बना’ घेरा तोडी बाहिर कतै गा’को छैन

गजल

उराठ यो जिन्दगीमा रङ्गिन बहार भर्ने मान्छे
कहाँ होला कस्तो होला मलाई माया गर्ने मान्छे

बाधालाइ पन्छाएर सफलताको शिखर चुम्न
मेरो मलिन मुहरमा नयाँ आयाम छर्ने मान्छे