Skip to content

Nirmala

हाँस भन्छौ जानाजानी, सपना टुटेको छ

हाँस भन्छौ जानाजानी, सपना टुटेको छ
रैन रै’छु भाग्यमानी, सपना टुटेको छ

हिजो आज जिन्दगीमा, बादल लागेपछि
आँखाबाट बग्छ पानी, सपना टुटेको छ

नाता जिन्दगीको

उनीसँगै गाँस्न पाऊँ नाता जिन्दगीको
ओडाउँदै प्रेम रुपी छाता जिन्दगीको

हेरिरहुँ लाग्ने सधैं आहा सुन्दर चेहरा ती
उनकै बाहुपासमा बितोस् साता जिन्दगीको

गजल

जति भेटें ति मध्येमा आहा लाग्छ भन्छ सधैं
सायद दूर छ मदेखि उ चाहा लाग्छ भन्छ सधैं

उठुं, बसुँ हरेक क्रिया उसकै बसमा राख्न खोज्छ
नजाउ समीप कसैको नि डाहा लाग्छ भन्छ सधैं

गजल

खै के सोचिन उनले त्यो पल हेरिरहिन एकोहोरो
हातमा खाली पाना थियो केरिरहिन एकोहोरो

संगै जीउने बाचा संगै सुम्पिदैथें केहि कुरा
बुझ्दै थिइन् या नबुझेरै टेरिरहिन एकोहोरो

गजल

हिजो, आज, भोली भन्दै टारेपछि के गरूँ म
जित्छु भन्थें प्रेम उसको हारेपछि के गरूँ म

ढुक्कै भई बसें म ‘नि अन्त नजर नडुलाई
दिन्छु भन्थ्यो जसले माया मारेपछि के गरूँ म

गजल

जित्छु भन्दै सच्चा प्रेम हारीरहे सदा मैले
थोपा थोपा खुन झिक्दै मारीरहे सदा मैले

बल्ल बल्ल रोज्या माया पराईले खोसिदिदा
दिनरात उनकै बस्ति चारीरहे सदा मैले

गजल

जति सुन्यो सुनौ लाग्ने बोली हजुरको
झनै यो मन अल्झाउने चोली हजुरको

सयौ मोहित हुन्छन् जब झर्छ तप्प तप्प !
प्रेमरसले भरिएको सोली हजुरको

हजार आउछन् प्यासी बन्दै मेट्छन् तिर्खा पनि

गजल

बाध्यताले अन्तै लगन जुरेपछि तिमि आयौ
सारा तिम्रो यादहरु पुरेपछि तिमि आयौ

कैयौ दिन तिमीबिना एक्लै यात्रा गरिरहे
थाके अब भन्दै यात्रा तुरेपछि तिमि आयौ

गजल

एक्लै बाच्न गारो हुन्छ मैले भन्या मान नानु
जनम जनम साथ दिने आफ्नो मान्छे छान नानु

उमेरमा पो बल हुन्छ चाहिदैन कोहि अरु
सधै रुखो बन्नु हुन्न यस्ता कुरा जान नानु

गजल

होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज
बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज

अमुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ
नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज

गजल

होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज
बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज

अ मुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ
नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज

छिट्टै आउँला सिन्दुर लिई……….

छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु

नओड भो श्रीङ्गार बस्त्र दुनियाँले आँखा लाउलान्
भित्र यसै सुन्दर तिमी बाहिरी रुप काली राख्नु