Skip to content

crazyboy

आउन सकिन दिदी यसपाली तिहारमा

आगनीमा बसी हे मेरी दिदी
परदेशी भाइ आउछ कि भनि
त्यो बाटो नहेरेस
यो सालको तिहारमा म आउन सकिन
सप्तरंगी टिका, फूलको माला उनेर
थालीमा नराखेस |
ओइलाई जाला त्यो फुको माला

मेरो देश

सगरमाथाले चिनिएको देश हाम्रो
हिमाल पहाड तराई
रोजगारीको खोजीमा
विदेशिएका छन् नेपाली
दिदी बहिनी दाजु भाइ

सपना ठुलो बनाउ हामीले
त्यो पक्कै पूरा हुनेछ

गरे के हुदैन ?

सलाईमा संसार जलाउने शक्ति हुन्छ
तर त्यसलाई पानीमा फ्याकी दियो भने केहि कामको हुदैन
मान्छे पनि शक्ति शाली छ तर आफ्नो शक्तिलाई चिन्न सकेन भने
पानीमा फ्यालियको सलाई बराबर हो

तिहारको शुभकामना चेलीलाई

विहानीको लाली किरण सगै आएको त्यो सीतको थोपा
अनि त्यो मखमलि र सयपत्री फूलले घरआगन सजिएको होला
देउशी,भैलो र मादल सगै गाउघर गुन्जिएको होला
आफु त परदेशी भैयो हे मेरी दिदी नरोउ है यो साल