आगनीमा बसी हे मेरी दिदी परदेशी भाइ आउछ कि भनि त्यो बाटो नहेरेस यो सालको तिहारमा म आउन सकिन सप्तरंगी टिका, फूलको माला उनेर थालीमा नराखेस | ओइलाई जाला त्यो फुको माला
सलाईमा संसार जलाउने शक्ति हुन्छ
तर त्यसलाई पानीमा फ्याकी दियो भने केहि कामको हुदैन
मान्छे पनि शक्ति शाली छ तर आफ्नो शक्तिलाई चिन्न सकेन भने
पानीमा फ्यालियको सलाई बराबर हो
विहानीको लाली किरण सगै आएको त्यो सीतको थोपा
अनि त्यो मखमलि र सयपत्री फूलले घरआगन सजिएको होला
देउशी,भैलो र मादल सगै गाउघर गुन्जिएको होला
आफु त परदेशी भैयो हे मेरी दिदी नरोउ है यो साल
युद्ध आक्रोशका पर्याय ती हेराइ
युद्ध अतृप्तताको झल्को ती हेराइ
कुन्ठित चाहनाको आशातित हेराइ
बैरी पराजित पर्न उत्तेजित ती हेराइ
रणभूमिमा तातेका रणबीरका ती हेराइ
ती हेराइ………………..