Skip to content

kushalji

कविता लेख्ने गर्छु म

बिहानदेखि बेलुकीसम्म
दौडी रहन्छ जिन्दगी
कहिले यता कहिले उता
अन्जान छु म, कत्रो दूरी तय गर्नु छ
गन्हाउने राजनीति …. भरिएका नालीको दूर्गंध
सम्झी-सम्झी अन्जान बनेर
मनतातो चियाको एक घुट्की तान्दै
दिल-दिमागका भावनालाई लिएर
यसो कहिलेकाहीँ कविता लेख्ने गर्छु म ।

वास्तु शास्त्र:

वास्तु शास्त्र
के हो वास्तु ?
वास्तु शास्त्र त्यो विज्ञान हो जसका माध्यमले ब्रह्मांडका विभिन्न ऊर्जा- जस्तै घर्षण, विद्युत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दुका साथमा मनुष्य जुन वातावरणमा रहन्छ , त्यसको बनावट र निर्माणको अध्ययन गर्ने शास्त्र हो
वास्तुका श्रेणिहरु :-

नयाँ नेपाल कहा छ ?

प्रत्युषका कुन्जकोटर भित्र
अकाट्य र अनिर्वेष्यका
आभा स्वरुप आँकड भित्र
परतन्त्रको स्वीकार्य हैन
स्वतन्त्रताको गरिमा भित्र
लुकेको छ हैँ नयाँ नेपाल ||

धर्म र सँस्कृतिको आड लिएर
दीन दु:खिको वेदना भित्र
हिमाल पहाड ,तराई सम्म
बिभिन्न भाषा जात जातीको
ढुक-ढुकि भित्र अन्तर्गुहामा
लुकेको छ है नयाँ नेपाल ||

प्रफुल्लित मुद्रालिएर बस्ने
साधु र सन्तलाई गौरव सम्झ
जुन सुकै धर्म र सँस्कृति भएनि
समान दृष्टि राखि त हेर !
अभावताको निराशा छाडि
सधै प्रसन्न बनि त हेर !
अगाडि छ है नयाँ नेपाल ||

हैकमताको आड पन्छाई
समान दृष्टि राखि त हेर !
शु-शान्त देशका सन्तति हामी