जब अंतरण हुन्छ त्यहाँ नानाभाँती हुन्छ।
जब अंतरण हुन्छ त्यहाँ नानाभाँती हुन्छ।
मधुशालामा हरेक बात मध्य राती हुन्छ।
फेरि पिटापिट अनि खिचातानी हुन थाल्छ,
भट्टी भित्र चतुरे सबै भन्दा माथी हुन्छ।
कोहि लुक्छ कोहि भाग्छ त्यो माहोल बाट,
कोहि काँधमा काँध मिलाउने साथी हुन्छ।
किर्तीमान कायम गर्नुछ त्यहाँ घमण्डको,
हुलमा लुईरे कान्छोको बिशाल छाती हुन्छ।
नयाँ रंगमञ्च हो त्यो पिउनेहरुको लागी,
दर्शकको भित्र देखी बाटो सम्म ताँती हुन्छ।
पत्तो पाँउदा घरकाले सन्तानको त्यो हरकत,
पिडाले आमा रुदा कयौं काम थाँती हुन्छ।
मन गुरुङ ”माईला”
ढापुक-७,पखेरे ‘स्याङ्जा’
हाल:पोखरा-८
https://www.facebook.com/manmahima

पाखामा मेरो बस्तीको, कुरा अलि फरक छ।