पाखामा मेरो बस्तीको, कुरा अलि फरक छ।
चुल-बुल गर्ने हाम्रा, भुरा अलि फरक छ।
श्रावण लागेछ क्या रे हाम्रो नेपाली पात्रोमा,
मेरी प्यारीको हातमा, चुरा अलि फरक छ।
बिचरा! छाडी दि’छे साईलालाई नक्कलीले,
भन्दैछ उसको छातीमा, छुरा अलि फरक छ।
माग्दै हिडेको देख्छु शहरमा कयौं बाबु नानी,
खोला छेउ गिट्टी कुट्ने, टुहुरा अलि फरक छ।
हाम्रा युवा कोही बिदेश छन् कोही भट्टीभित्र,
एक घुड्कीमा भन्दै छ, सुरा अलि फरक छ।
मन गुरुङ “माईला”
ढापुक-७, पखेरे ‘स्याङ्जा’
हाल:पोखरातिर
https://www.facebook.com/manmahima
