Skip to content

pandap

कसम

तर्की तर्की जैले देखि उनले छोडिन् मलाई चिन्न
कसम खाइ मैले छाडेँ उनको घरको बाटो हिन्न

सागरसरी मेरो माया कुवा भन्दा तुच्छ तिम्लाई
धनैलाई प्रिती ठान्यौ थाल अब माया किन्न

माया भन्नु झेल रैछ हाटबजारी खेल रैछ
बाचा गरेँ कसैलाई नी अब मन मुटु दिन्न

माना माया पैँचो लिदा मुरी गनी तिर्नुपर्ने
बरु माया बिनै मर्छु रत्ती माया कोइ को लिन्न

एक्लै जन्मे एक्लै मर्छु बैतरणी एक्लै तर्छु
एक्लोसरो जीवन जिउछु अरु भन्दा केही भिन्न

गजल

चोखो माया प्रिती आज पुतलीको खेल भयो
साउने झरी आँखा बाट नसकिने भेल भयो.

न त पाउन सके उनलाई न त सके भुल्नै पनि
नेटो काटी उनी गइन् न त हाम्रो मेल भयो.

चन्द्रमा लाई टुक्रा पार्ने ब्रम्हाण्डका तारा झार्ने
खाएका ति बाचा कसम कागको लागि बेल भयो.

आँखा चिम्ली शिर राख्दा संसारलाई भुल्छु भन्थेउ
आज यहि छाती मेरो तिम्रो लागि जेल भयो.

कसैलाई बरदान् रे मेरो लागि श्राप् भो माया
येस्तो लाग्छ कर्म लेख्दा भाबीबाट झेल भयो.