दलित साहित्यको सौन्दर्य
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको चौथो बृहत राष्ट्रिय सम्मेलन वैशाख १ र २ गते काठमाडौंमा सम्पन्न भयो । निनु चापागाईद्वारा लिखित ‘नेपालीमा दलित साहित्य र समस्या’ कार्यपत्र प्रस्तुत तथा दलित साहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि छलफल सम्मेलनको सार थियो । कार्यपत्रमा उल्लेखित ‘नेपालमा दलित साहित्यको मूल्याङ्कन पारम्परिक मानदण्डहरूका आधारमा हुन सक्दैन र पारम्परिक सौन्दर्यशास्त्रका मानदण्डहरूभन्दा भिन्न दलित साहित्यका निम्ति अलग्गै खालको सौन्दर्यशास्त्रको आवश्यकता पर्दछ भन्ने धारणाले टाउको उठाईसकेको छैन’ भन्ने अंशले अब नेपाली दलित साहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि बहस भएको छ ।
