गोरखापत्र

विकृतीको रुपमा मौलाउँदैछन् ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा-युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुन सक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ बर्ष

नयाँ वर्ष
डा. दीनबन्धु शर्मा
प्लुक्क दैलोमा आइपुग्यो नयाँ वर्ष। गएको साल केही गर्न नसकेको भए पनि निर्लज्ज आइपुग्छ यो। जतिसुकै सत्तोसराप गरे पनि यसमा केही सामथ्र्य त छ- यो आइपुगेको देख्ता बाल, वृद्धवृद्धा सबैका अनुहारमा एउटा ज्योति धिपिक्क बल्छ। नयाँ वर्षमा खुसी हुनुपर्छ। बाबाआमाले यही सिकाउनुभएथ्यो। सिकेकै भन्नुपर्छ।
छतमा उभिएकी म कसको प्रतीक्षामा छु ? आज चैतको १५ गते। आधा बित्यो अब अलिकति धूलो उडाउँदै बाँकी आधा पनि बित्ने नै छ। ऊ गएको ठीक एक महिना बित्यो। म मेरो लोग्नेको प्रतीक्षामा छु, अथवा नव वर्षको अर्थात् वैशाख १ गतेको। किनकि ऊ त्यसै दिन आउनेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ल्होछारको चटारो

  • by

ल्होछार-ल्हो माने वर्ग, छार भन्नाले नयाँ वर्ष । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछारको ठुलो महत्त्व रहेकेा छ । यस वर्ष ताक (बाघ) वर्षको विदाई र ह्योई (खरायो) वर्षको स्वागतमा ल्होछार मान्ने तयारीमा गाउँदेखि सहरसम्मका तामाङ समुदाय जुटिरहेका छन् । ल्हो(वर्ग) बाह्रवटा हुन्छन् । अर्थात त्यसलाई ल्होखोर च्युङी भनिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धार्मिक पर्यटनको क्षेत्र दाउन्नेदेवी

  • by

नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, वेलिवेनीपुर तमासपुर गाविस तत्काल मङ्गलपुर गाविसमा पर्दथे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किन बुझ्दैनौँ हामी बालमनोविज्ञान

  • by

‘सम्यक’ उसको स्थायी नाम हो, तर सानो र सबैको प्यारो भएकाले उसलाई घरका सबैले अनि गाउँकाले पनि ‘भाइ’ भनेर बोलाउँछन् । ऊ पनि आफूलाई ‘भाइ’ नै भन्ने र्दछ । नाताले ऊ मेरो छोराको छोरो नाति हो । भाइ दुई वर्ष वर्षको भयो । ऊ अत्यन्तै चञ्चल छ । चञ्चल केटाकेटी तीव्र बुद्धिका हुन्छन् । त्यसैले ऊ मेरो पुस्तकहरू अर्थात् मधुपर्क, गरिमा मासिक पत्रिका र अन्य साहित्यिक पुस्तकहरू जे भेटे पनि पल्टाएर पढेको अभिनय गरिरहन्छ । ऊ विशेषत मसँग बसेर जिज्ञासाका साथ कुरा गरिरहन मनपराउँछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रचना फिर्ता गर्नुपर्दा …

  • by

मैले काम गर्ने संस्था राष्ट्रिय वाणिज्य बैङ्कले ‘उपहार’ नामको त्रैमासिक पत्रिका प्रकाशन गर्ने रहेछ । त्यो पत्रिका बाहिर बजारमा नआउने भएकाले खासै पाठकहरूले भेउ पाएका थिएनन् । सुरूमा यस पत्रिकाभित्र कर्मचारीको तालिम सरुवा बढुवा र कर्मचारीहरूका केही आर्थिक लेख, रचना र सामान्य साहित्यिक रचनाहरू छापिने गरेका रहेछन् र साहित्यिक क्षेत्रमा त्यस पत्रिकाको खासै नाम चलेको रहेनछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहिद औपचारिकता वा महान बलिदान ?

  • by

सन्दर्भ फेरि घुमेर सहिद दिवस आइपुगेको छ । नेपाल सरकार प्रत्येक वर्ष माघ १६ लाई ‘सहिद दिवस’ का रूपमा धुमधामसँग स्मरण गर्ने गर्छ । यो लेख सरकारको उक्त दिवस मनाउने पृष्ठभूमि र कारण होइन, सहिदको अर्थ, मर्म र अभ्यासमाथि थोरै प्रकाश पार्ने हेतु लक्ष्यित छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समालोचकको दृष्टिमा विधागत रमेश विकल

  • by

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘रमेश विकलः बिम्ब एक प्रतिबिम्ब अनेक’ नामक समालोचना ग्रन्थमा उनका जीवनीलाई प्रश्रय दिने समग्र साहित्य र जीवनवृतिसँग सम्बन्धित समालोचनाहरूलाई समावेश गरी उनका योगदानलाई आधार मानेर समालोचनात्मक लेखहरूको क्रम निर्धारण गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खुला सङ्ग्रहालय काँक्रेबिहार

  • by

बौद्धमार्गीका लागि काँक्रेबिहारलाई बौद्ध बिहार हो भने हिन्दुहरूका लागि हिन्दु मन्दिर । मान्यता वा धारणा बेग्लाबेग्लै भए पनि नेपालको इतिहासमा काँक्रेबिहार एउटा पुरातात्विक महत्त्वको थलो रहेकोमा विवाद छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उहाँको त सुर हरायो, हाम्रो नि !

  • by

फणिन्द्रराज खेताला यतिखेर मान्छे चिन्नु हुन्न, पहिले उहाँलाई धेरै मान्छेले चिनेनन्, अहिले उहाँ कोही पनि चिन्नुहुन्न, आफ्नै परिवार पनि । फरक यति हो सुर हराएपछि उहाँले अरूलाई चिन्न छाड्नुभयो, अरूले सुर नहराउँदा पनि उहाँलाई चिन्न सकेनन् । कुरो उही हो, हामी समयमै मान्छे चिन्न सक्दैनौँ, चिने पनि बूढो भएपछि, अस्पताल पुर्‍याएपछि, पशुपति लगेपछि मात्र मान्छे चिन्छौँ हामी । मान्छेका नाममा भीड जम्मा भएपछि सही मान्छे चिन्न नै कहाँ सकिन्छ र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निस्तेज आँखा

  • by

अन्ततः दस वर्षसम्म चलेको भयङ्कर सशस्त्र आँधीहुरी र वर्षात थामिए । मान्छेहरूले पहिलाभन्दा होलो अनुभूत गर्न थाले । त्यसैले जल, गाउँ, सहरमा आवतजावत सरल देखिन थाल्यो ।

हामीलाई विभिन्न सङ्घसंस्थाहरूको आयोजनामा विद्रोही पक्षका शान्त हुन थालेका केही मानिसका साथ केही प्रहरी अधिकृत, केही राजनैतिक कार्यकर्ता, केही पत्रकारलाई मानवअधिकारसम्बन्धी प्रशिक्षण दिन खटाइयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

थारू जातिको नयाँवर्ष ‘माघी’

  • by

“सखिये हो ! माघीक् पिली गुरी जाँर …” (साथीहरू हो ! माघीमा पियौँ गुलियो जाँड) अधिकांश नेपालीको मुखमा झुण्डिएको यो थारू गीतको एक हरफले थारूको पहिचान झल्काउँछ । एकापसमा रमाइलो गर्ने, साथीभाइबीच प्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ पर्व थारू जातिको नयाँ वर्ष हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

टोकियो/गोजाइमास

  • by

टोकियो जापानको राजधानी बाहृय संस्कृति अछुतो छैन । सम्पन्न सहर आधुनिकतासँगै आफ्नै मौलिक संस्कृति बिर्सिरहेको छ, तथापि औपचारिक कार्यक्रममा पस्कने विनम्रता, विनय तथा सद्भावले जापानको परम्परागत संस्कृतिको झल्को दिन्छ । टोकियो विश्वको महँगो सहर, इलेक्ट्रोनिक र मेसिनहरूको निर्माणका लागि संसारभरि ख्याति कमाएको यो शहर सधैं सधैँ व्यस्त छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्री राज्य विभाजन ब्रत कथा

  • by

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्यमुनि ताहाँउप्रान्त शिवजीले दक्षको टाउको काटी सम्पूर्ण यज्ञमा उपस्थित तेत्तीसकोटी देवता प्रभृतिलाई तहसनहस पारेर सतीदेवीको लासलाई पिठ्युँमा बोकी सारासंसार भ्रमण गर्न लाग्नुभयो । दक्षप्रजापतिको समर्थकहरूलाई मुला काटे झैँ छप्काउँदै र आफ्ना भक्तजनलाई वरदान पनि दिँदै जानुभयो जहाँ शिवजी पुग्नुहुन्थ्यो ताहाँ ताहाँ एक एक राज्य र दिक्पालसमेत राख्दै जानुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्यालोरीले धानेको जीवन

क्यालोरी तापको एक इकाई हो । सामान्य रूपमा यसलाई वजन बढाउने तत्वको रूपमा प्रयोग गर्ने गरिन्छ । वैज्ञानिक परिभाषाका अनुसार एक किलोग्राम पानीलाई एक डिग्री सेन्टीग्रेडसम्म तातो पार्नका लागि जति तापक्रमको आवश्यकता पर्दछ त्यसैलाई एक क्यालोरी भनिन्छ । मोटरको इञ्जिन चलाउनका लागि पेट्रोलकोको आवश्यकता पर्दछ ठिक त्यस्तै गरी मानव शरीरलाई क्रियाशिल बनाइ राख्न क्यालोरीको जरुरी पर्दछ । हामी जति धेरै दौडधूप वा शारीरिक श्रम गर्दछौँ, शरीरलाई क्यालोरीको आवश्यकता त्यसै अनुपातमा बढ्दै जान्छ ।

स्वास्थ्यका लागि क्यालोरीको भूमिकमा धेरै नै महìवपूर्ण हुन्छ । भोजनबाट हामीले प्रतिदिन जति क्यालोरी ऊर्जा प्राप्त गर्दछौँ त्यसको दुई तिहाई भाग दैनिक काम सम्पन्न गर्नमा नै जाने गर्दछ । सुत्ने-उठ्ने, खेल्ने-दौड्ने, लेख्ने-पढ्ने सबै समय हाम्रो शरीरबाट क्यालोरी खर्च हुने गर्दछ ।

मानिसको शरीको वजन जति धेरै हुन्छ, त्यसलाई क्यालोरीको उत्तिनै धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलोग्राम तैलका लागि ३७ क्यालोरीको आवश्यकता पर्दछ । मनिसको उमेर जतिजति बढ्दै जान्छ, त्यसलाई क्यालोरीको जरुरी कम हुँदैजान्छ । किशोर-युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्ध/वृद्धाहरूलाई कम क्यालोरी भए पनि पुग्छ । यसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई कम भोजन गरे पनि पुग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मरेर गएपनि बाँचिरहने स्रष्टा विकल

  • by

नेपाली साहित्य जगत्का चम्किला ताराको नाम हो रमेश विकल । उनले नेपाली साहित्यको भण्डारमा कथा, उपन्यास, नाटक, बालसाहित्य, ब्यङ्ग्य निबन्ध गरी चार दर्जनभन्दा धेरै कृतिहरू भरेका छन् । उनले विश्वप्रसिद्ध व्यक्तिका पुस्तक तथा रचनाहरू पनि अनुवाद गरेका छन् । उनी सफल लेखक, अनुवादक साथै राम्रा चित्रकार तथा कुशल बाद्यवादक पनि थिए । उनी आफ्नो गाउँठाउँदेखि राष्ट्रियस्तरमै समाजसेवीको रूपमा पनि परिचित थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्यक्तिसँगै सकियो एउटा युग

  • by

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको गोविन्द ‘गोठाले’को शव नाटककार ‘गोठाले’को नाटककार व्यक्तित्व सम्झाइरहेको थियो । वरपर प्रायः साधारण मान्छेका घर नदेखिने प्रतिष्ठानको प्राङ्गणमा वल्लो घर, पल्लो घरको झ्यालबाट कमैले मात्र हेरे होलान् । भाषा साहित्यलाई पे्रम गरेर मृत्यु पर्खने उहाँको कथाजस्तै प्रेम र मृत्यु उहाँ एउटा दिएर अर्को लिएर जानुभयो । भुसको आगोजस्तो दिन प्रतिदिन भित्रभित्रै कमजोर हुँदै गएका हामीले दोष कसैको छैन भनेर आत्मसन्तोष गरे मात्र हो । ‘गोठाले’को व्यक्तित्व र उहाँप्रति हामीले गरेको व्यवहार सम्झौं त एकै छिन । एउटा विराट व्यक्तित्व अस्वस्थ भएर १० दिनसम्म अस्पताल भर्ना गरिँदा पत्तोसमेत पाएनौँ हामीले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सभ्यता

  • by

“घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा भने गाउँमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन जागरण कार्यक्रम, गोष्ठी, सम्मेलन गर्नुपर्ने र केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमण गराउनुपर्ने लेखे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
TriChandraPratikshya

परम्परादेखि चल्तीमा छ कौडी

संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।

प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा ‘क्युरियामा’ को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका ‘इभ’ जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •