शङ्कर नेत्रालय! जहाँ हामी जानुपर्यो
चिकित्सकको सल्लाहअनुसार दिदी सरस्वतीको आंँखाको अपरेसनको लागि भारतको पूर्व मद्रास चेन्नाईस्थित शङ्कर नेत्रालय हस्पिटल पुग्नुपर्ने भयो । तुरुन्तै दिदीलाई लिएर भान्जा राजु, मेरी श्रीमती शारदा र म चेन्नाईको लागि प्लेनबाट बङ्गलोर उड्यौँ । ‘आंँखाको अपरेसन नेपालमा नै हुन्छ किन यति टाढासम्म दुःख पाउन आउनुभयो’ भनी यात्रामा सोध्ने अनगिन्ती भेटिए । यी प्रश्न हामीसामु तेर्सिनु स्वभाविकै पनि थियो ।
