Skip to content

राधाकृष्ण मैनाली

हराएको आत्मकथा

क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको हत्या गरएिको घटनाले मलाई भित्रैसम्म छोएको थियो । खासगरी गोलघरपछि विभिन्न जेलमा बस्ने क्रममा नेपाली कांग्रेसका जेल परेका साथीहरूले त्यस घटनाबारे जिज्ञासा राख्दा मैले त्यो कथा धेरैपटक सुनाएको छु ।

त्यो बर्बर हत्या !

  • by

खासमा बीपी कोइरालाप्रति यज्ञबहादुर थापाको ठूलो विश्वास थियो । २०२७ सालमा भारत पुग्नुभएका यज्ञबहादुर उहाँकै प्रेरणा र गिरजिाप्रसाद कोइरालाको निर्देशनमा नेपाल फर्किनुभएको थियो । ०३१ सालमा नेपाली कांग्रेसले पञ्चायतविरुद्ध हतियार उठाउने निर्णय गरेलगत्तै उहाँ पूर्वी क्षेत्रको सैनिक कमान्डरका रूपमा बनारसबाट मधुवनी हुँदै कमला नदीको बाटो नेपाल भित्रिनुभयो ।

सम्झना कप्तान थापाको

  • by

आफ्नो १६ वर्षको जेलनेल यात्रा र त्यसमा पनि २६ महिना गोलघरभित्रका सेलहरूमा कप्तान यज्ञबहादुर थापासँग बिताएका दिन म बिर्सनै सक्दिनँ ।