Skip to content

डा. जीवेन्द्रदेव गिरी

हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

  • by

नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई हास्यव्यङ्ग्यले भरिएको लोककविता हो । यसका विभिन्न पाठहरू लोकजीवनमा प्रचलित छन् ।