Skip to content

मधुपर्क २०६६ साउन

खम्बुवान्को लोककथाः रिथु चरा

नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए ।

साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

  • by

नेपाली साहित्यिक क्षेत्रमा भएका माथि उल्लिखित आन्दोलनहरूलाई नियाल्दा नेपाली साहित्यिक आन्दोलनमा कतिपय लेखकले सम्झनासम्म पनि नगरेको तर बिर्सनै नहुने अर्को एउटा साहित्यिक आन्दोलनको नाम हो- मकैपर्व । विक्रम संवत् १९७७ सालमा श्री ३ चन्द्रशमशेरका पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले छपाएको कृषि शिक्षावली ‘मकैको खेती’ नामक पुस्तकलाई लिएर उठेको काण्डलाई नै ‘मकैपर्व’ भनिन्छ ।

लोकदेवता गणिनाथ गोविन्द जयन्ती

  • by

नेपालको मधेस र राजधानी काठमाडौँका साथै उत्तरभारतका लाखौँ परिवारद्वारा कुल देवताको रूपमा मनाइने गणिनाथ गोविन्द पूजनोत्सव हरेक वर्ष कृष्णाष्टमी शनिबार वा त्यसपछिको प्रथम शनिबारको दिन भव्यताका साथ मनाइन्छ ।

देवकोटा दृष्टिको विश्वशक्ति

विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक र बौद्धिक विविध दृष्टिले सर्वमान्य व्यक्तिसत्ताको महत्ता विश्लेषण गर्न मिल्छ तथा तिनलाई गौरवशाली पुरुषको दर्जा दिन सकिन्छ ।

हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

  • by

नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई हास्यव्यङ्ग्यले भरिएको लोककविता हो । यसका विभिन्न पाठहरू लोकजीवनमा प्रचलित छन् ।