कर्तव्यले गाँजेको जिन्दगी
लौ आयो हजुर ताजा ताजा तरकारी……प्रभात फेरी लगाए जस्तै हरेक विहानी सुनिने आवाज हो यो । उसको यो आवाजले मलाई खाना पकाउने समयको आभास हुन्छ । ठीक खाना पकाउने समयमा ऊ आई पुग्छ । उसको आवाज र आगमनसँग कुनै अदृश्य सम्बन्ध गाँसिएजस्तै कुनै दिनको अनुपस्थितिले मात्र पनि कताकता असजिलो र केके नपुगेको महसुस हुन्छ । तराई-मूलको एक बृद्ध सधैँजसो घरअगाडि आएर आवाज दिन्छ ।
