Skip to content

सुशीला देउजा

बिस्मृति

धरतीको बेजोड कम्पनले उसलाई मात्र हैन सबैलाई खुल्ला चौरको बास गराई दियो । अप्रत्याशित यसरी मृत्युसँग साक्षात्कार हुनु पर्दा जीवन प्रतिको उसको धारणानै वेग्लै बन्यो । क्षणभङगुर यो जीवनको दियो कुन वेला कहाँ निभ्छ कसैलाई थाहा छैन । बारम्बारको झटकाले आज उसलाई दार्शनिक बनाई दियो । खुल्ला आकाश मुनी चौरमा सुतेको ऊ आफनो बारेमा विवेचना गर्दै सोच्न थाल्यो । लालचमा फस्दै जतिनै सम्पति आर्जेपनि अन्त्य समयमा त्यसको कुनै औचित्य रहदो रहेनछ । नसाले छाडे जस्तो सबै बेकार लाग्यो । आखिर सतकर्म र धर्म मात्र रहेछ संगमा रहने । भित्री मनका आँखा खुले जस्तो उसले मनमनै बाचा गर्यो । अब बाकीको जीवन आपद विपदमा परेकाको सहयोगमा बिताउछु ।

धनको नशा

नैतिक, अनैतिक तरिकाले हुन्छ कि ढाटेर, लुटेर, चोरेर जे गरेर हुन्छ जीवनमा धन प्रसस्त कमाउनु पर्छ । धन नै हो समाजमा मान, ईज्जत, शान, शौकत, यएस आराम र मनलाई शीतलता दिने । आजको जमानामा सबैभन्दा ठूलो कुरा हो धन …. धन भए शिक्षाको पनि जरुरत पर्दैन भन्ने एक व्यक्तिको मान्यता थियो ।

भाषण

मन्त्री बन्नासाथ सबै विसयका ज्ञाता सम्झि हरेक सभामा मन्त्रीलाई निम्ता गरिन्छ । यस्तै एक विदेशबाट आयात गरिएको नयाँ नयाँ प्रविधिबारे चलेको गोष्टीमा मन्त्रीको नाताले मीनबहादुर मुख्य अतिथि भई गोष्टीमा पुगे । उनेले त्यहाँ जोडदार भाषण दिए । दर्शकहरूले ध्यानमग्न भई भाषण सुने र तरर जोडको ताली बजाए ।

सपना

झसङ्ग भई निद्राबाट विउझिएका एक मन्त्री महोदयले सिरानीमुनि राखेका फाईल र कलम फुत्त फ्याले । मानौ उनले भयानक सपना देखे । अनिसँगै निदाइरहेकी श्रीमतीलाई घचघचाउदै ब्यूँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम ठयाम हान त’ ।

अर्ध निद्रामा परेकी श्रीमती केही नबुझेर छक्क परेर हेरिरहिन । मन्त्रीले झर्किदै आफैले आफनो गालामा ठयाम ठयाम हाने । त्यसपछि मन्त्रीज्युले खुसीको लामो सास फेरे र भने ‘अहो कस्तो अनर्थको सपना देखेछु । साच्चिकै पो हो कि भनेर मेरो त हात खुट्टा पनि फत्रक्क गलिसक्यो’ ।

औकात

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलको प्रस्थान कक्षको प्रतिक्षालय, यात्रुहरूले खचाखच भरिएको छ । त्यस कक्षमा सबैलाई बस्न पुग्ने मेच छैनन् । कोही यात्रु उभ्भिएका छन । कोही समय बिताउन यताउती घुमिरहेछन । कोही गफमा मस्त छन । सबै जना आआफनो गन्तव्यसम्म पुग्ने प्लेनमा जाने बोलावटको पर्खाईमा छन । समय बिताउन हो वा जरुरी परेर हो कोही कोही फोनमा ब्यस्त देखिए ।

शहीद

आज शहीद दिवस । स्वर्गमा पुगेका शहीदहरू आफूहरूले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलव्धिवारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन । देशले द्रूत गतिमा विकास गर्नेछ । जनता सुखी र सम्पन्न हुनेछन । कसैको धाकधम्की र दवावमा बस्नुपर्ने छैन भन्ने हाम्रो सपना थियो । त्यसैको लागि हामीले जीवन बलिदान दियौ तर आजपर्यन्त देश र जनताको हालत झन झन खराव हुदैछ । के कारणले यस्तो भएको होला ? ती यस्तै यस्तै छलफल गर्दै थिए ।

सङ्क्रमणकाल

आज देशको बिग्रदो परिस्थितिले सबै आकुल ब्याकुल भएका छन । दैनिक उपभोग्य बस्तु लगायत प्रत्येक कुराको अभावले जताततै हाहाकार मच्चिएको छ । कसैको मन पनि शान्त र सन्तुलित छैन । सबैलाई एक किसिमको चिडचिडापनले घेरेको छ । लामो समय देखिको ग्यास अभावले जनता रनथनिएका छन । कामै नपाए जस्तो खाली सिलीन्डर बोकि डिपो डिपो धाउदै छन । तर ग्यास कहीं पाईदैन । ग्यास नपाएको झोकमा ठाउँ ठाउँमा सरकारबिरुद्ध नारा जुलुश पनि चल्दै छ ।

जूनकीरीको देश

माघ महिनाको कठा्याङग्रिने जाडोमा श्रीस्वस्थानी परमेश्वरीको एक महिने कठोर ब्रत बस्ने भनेको लाग्छ नेपालमा मात्र होला । महिना दिनसम्म गरेका आराधनाले प्रशन्न भएका आरध्य देव महादेव र माता पार्वती कैलाश पर्वतबाट भक्तहरूलाई आर्शिवाद दिन नेपाल आई पुगे । लामो समय पछि यस भूमिमा पाईला टेकेकी पार्वतीले यस पुण्य भूमिको एक फन्को मारि चारैतिर हेर्ने इच्छा व्यक्त गरिन । भगवनलेपनि हुन्छ भनी खुसी व्यक्त गरे । पुष्प विमानमा बसी दुवै चारैतिरको सुन्दर छटा रमाइलो मानी अवलोकन गर्दै थिए । त्यतिकैमा उनीहरूको नजर गाडीको आवतजावत रोकी सडकमा लामो रातो ताती, सँगसँगै मानिसको भीडभाड देखे ।

काम कुरो एका तिर

आज सर्वसाधारणको पक्षमा महत्व पूर्ण निर्णय हुने दिन । तर सभा हल भने लगभग रित्तो थियो । छ सय एक जना अटने सभा हलमा सिला खोजे जस्तै कतै कतै एक दुई जना पो भेटिए ।

चकमन्न जस्तै देखिएको हलमा प्रमुखको मात्र एकोहोरो आवाज सुनिन्थ्यो । तर ध्यान भने कसैले दिइरहेका थिएनन् । ती आआफ्नै धुनमा कोही सँगैकासित कानेखुसी गरिरहेका थिए । कोही खैनी माडिरहेका थिए त कोही लामो हाई काढिरहेका थिए ।

आठौं पुस्ता

प्राणीमात्रमा श्रेष्ठ “मानव” भन्ने जन्तु पनि अचम्मको प्राणिरहेछ । यति लालची र हन्तकाली कि कहिल्यै नअघाउने र कहिल्यै सन्तुष्ट नहुने ।

सृष्टिकर्ता पनि कहिलेकाही आफ्नै सृजनाको चरित्र बुझ्न नसकि खिन्नता मिश्रित आश्चर्यमा पर्छन । यस्तै एउटा घटना यहाँ प्रस्तुत छ ।

सहमति

लामो अनबन पछि बल्ल-बल्ल प्रमुख दलका शीर्ष नेताहरूको कुनै रिसोटमा गोलमेच बैठक बस्यो ।

सबैका अगाडि टेबलमा मिनरल वाटर र ग्लास राखिएको छ । बेला बेला चिया पनि आइरहेछ । खाजा पनि टन्न खाइसके । दिनभर गरमा गरम बहस चलिरह्यो । तर कोही पनि आफ्नो प्रस्ताबभन्दा बाहिर टसमस भएनन् । सहमति, वीसको उन्नीस पनि हुन सकेन । सबै आ–आफ्नो स्वकीय लाभको विषयमा अडिग रहे । “रातभर करायो दक्षिणा हरायो” भने झै भयो ।

एकै ड्याङका मुला

एकैघरका तीन दाजुभाइ मध्ये, कुनै वेला जवानीको मादले लठ्ठिएको जोधाहा ‘क’ पुरानो मक्किइसकेको थोत्रो घर ढाल्नु पर्छ । समाजमा परिवर्तन ल्याई अधिकारको लागि लडनु पर्छ भन्ने अभियानमा लागेको थियो । कतिले उसको विश्वास गरी बाटो पहिल्याएथे, भने कति उसको उग्र रुप देखेर डराउथे । गाँउघरमा उसको मनपरि चल्थ्यो । उसको विरुद्धमा कोही चुक्क पनि गर्न सक्दैनथे । कसैलाई सराप्नु पर्यो भने “तेरो घरमा ‘क’ पसिहालोस” भन्थे रे ।

नेतापत्नी

  • by

एक नेताकी अलि खरो, अन्याय सहन नसक्ने कडा स्वभावकी पत्नी थिइन्। उनलाई नेताहरूले बेमतलबको फाल्तु कुरामा बहस गरी धन र समय खेर फालेको पटक्कै मन परेको थिएन । पुर्खाले कति दुःखकष्ट सही रोपिदिएका बिरुवालाई सबै मिली मलजल हाली हराभरा बनाउनुको साटो जरै उखेल्ने कुरामा सहमति जनाउँदै निमिट्यान्न पार्न खोज्दै छन् भन्ने उनलाई लाग्छ। नयाँ नयाँ विकासबारे अझ जनतालाई शान्ति सुरक्षा र राहत दिनेबारे जोरदार बहस र छलफल भयो भन्ने उनले कहिल्यै कहीँ सुन्न पाइनन्। खालि उही पुराना संरचना भत्काउने र जनतामा त्रास फैलाउँदै, आपसमा मनोमालिन्य र विद्रोहका कुरा मात्र गर्दै हिँडेको देख्छिन्।

लेख विदेश

अवसरको खोजी होस वा काम र दामको लागि होस नेपालका गाउँ गाउँबाट युवा युवतीहरू विदेशीने क्रम जारी छ । गाउँहरू लगभग युवा युवती बिहीन र केवल बृद्ध बृद्धाको थलो रहेको कुरा अब हाम्रा लागि नौलो रहेन । यो एउटा बिकराल समस्या पनि हो । यो नराम्रो पक्षसँगै यसको राम्रो पक्ष पनि छ । देशमा अर्थ भित्रिनुका साथ साथै कामदारहरू प्रशिक्षित पनि भैरहेछन । विकशित देशमा काम गर्दा नयाँ नयाँ प्रविधिवारे ज्ञान आर्जन गर्दै प्रशिक्षण प्राप्त गर्ने अवसर पाउछन । बिना लगानीमा प्रशिक्षण प्राप्त गरी फर्केर आई ती जानेका कुरा प्रयोगमा ल्याउन सक्छन । जसले गर्दा जीविकोपार्जनको लागि राम्रै सहयोग पुग्छ होला । यसले देश विकाशको लागि ठूलो टेवा मिल्छ । गाउँ गाउँबाट विकाश भए मात्र देश विकाश हुन्छ ।

चन्द्रे

सधै जसो टिल्ल परिरहने चन्द्रे गाउँ डुलेर घर आइपुग्यो । लरखरिदै आएर पिढीमा बस्यो र एकलै फतफत गर्न थाल्यो । त्यही वेला उसको श्रीमती र किशोर छोरा दिनभर खेतमा काम गरेर थाकेका घर आइपुगे ।

कुटो कोदालो थन्काएर हात खुट्टा धोएर छोरा पनि पिढीको छेउमा आई बस्यो । श्रीमती भोकाएका वस्तुलाई घास हाल्न गोठतिर लागी ।

मन परिवर्तन

एक नेताले दौरा सुरुवाललाई बहिष्कार गर्दा सामन्तवादलाई दमन गरी नामो निसाना मेटेँ भनी मख्ख परे । अनुयायीहरूले पनि उनको कदमको अनुशरण गरे । विजयी अनुभव गरेका सबैको अधरमा मन्द मुस्कान छायो ।

एकपल्ट तिनै नेता भारतको उत्तराखण्डतिर भ्रमणमा निस्किए । त्यहाँ बग्रेल्ती सामान्तीहरू देख्दा उनी छक्क परे । नाम्लो टाउकोमा लगाउँदा लगाउँदा ती सामान्तीहरूको टोपीको घेरो मात्र बाँकी थियो । भारी बोक्दा बोक्दा मैलो दौराको पिठ्युँको भाग च्यातिएर धुजा धुजा भएको र अगाडिको भाग मात्र बाँकिरहेको उनले देखे । साथै खुट्टामा फाटेको कपडाको जुत्ता र हातमा नाम्लो थियो । आय आर्जन गर्ने एक मात्र साधन । त्यस्तो दरिद्र अवस्था थियो ती सामान्तीहरूको ।

प्रदुषण तथा हिंसा कथा : अन्तिम यात्रा

लामो कठिन यात्रा पछि थाकेका सबै राँगालाई रातको अध्यारोमा छामछाम छुमछुम गर्दै ल्याएर बिष्णुमति नदी किनारमा बाधिदिए । भोको पेट घुमाउरो बाटो दिनभर उभ्भिएर गाडीको घच्चा घुच्च सहेर थाकेको शरीर आरामसँग बस्न नपाउदै सबै भुसुभुसु निदाए । ती मध्ये एक काले भन्ने अलि फरासिलो, जोसँग पनि बोल्न पर्ने खालको थियो । मिरमिरेमा चलेको चिसो हावासँगै मस्त निदाइरहेको कालेको नाकभित्र एउटा अचम्मको गन्ध ह्वास्स छिर्यो । के हो यो भन्दै काले जर्याकजुरुक उठ्यो । उसलाई यस अघि यस्तो अनौठो गन्धको अनुभव कहिल्यै भएको थिएन । यताउता हेर्यो । सँगैमा कालो मैलो अनेक किसिमको फोहोर सुमरेर दुःखी र विक्षिप्त भई बहिरहेकी रहिछिन बिष्णुमति नदी ।

बिकाउ दुलाहा

मागे जति पैसा गहना दिएनन भनि जग्गेमा बसी सकेको दुलाहा जन्ती लिई फिर्ता जादै थियो । चिन्तित दुलहीको बुबाले दसतिर हात जोडी बिन्ती भाउ गर्दै बल्ल तल्ल भने जति पैसा जम्मा गरेर बुझाए । अनि मात्र विवाह सम्पन्न भयो ।

छोरीचाहिँले बुबाको पीर चिन्ताका साथै अपमानित क्षण भुलेकी थिइन । त्यो घटना मनमा नराम्रोसँग गढेको थियो ।

तलतल

पार्टीका तल्लो तहका नेताहरुले जनसमुदाय माझ भाषण गर्ने अवसर नपाए पनि रहर भने औधी लाग्दो रहेछ । त्यस्तै कुनै पार्टीका एक साना नेतालाई पनि भाषण गर्ने तलतल लागेछ ।

दिनको उज्यालोमा त उनलाई आँट थिएन । साँझपख रक्सी टन्न पिएर एकलै सडकमा लरवरिएर हिडदै भाषण गर्दै थिए । अलि पर एउटा ठाउँमा फोहरको डङगुर, पहाड जतिकै अग्लो थियो । टाढाबाट आएको बत्तीको उज्यालो त्यसमा पर्दा विभिन्न मानव आकृतिको छाया जस्तो देखिन्थ्यो ।