Skip to content

मधुपर्क २०६७ मंसिर

यात्रा केबुलकारको

  • by

मिनिबस्मा झकाएछौं, सुस्तसुस्त जाग्न थाल्यौं
केबुलकार चढेपछि माथिमाथि भाग्न थाल्यौं
त्रिशूलीलाई तलै छोडी हावासँग कावा खाँदै
देवीसँग दयादृष्टि विनम्र भै माग्न थाल्यौं

रङ्गीन माछा

  • by

काठमाडौंनजिकको एउटा रमणीय गाउँमा बस्थ्यो, रमेशको परिवार । उसका दाजुभाइ थिएनन् । ऊ गाउँकै स्कुलमा पढ्थ्यो । हिसाब पढ्न ऊ निकै रमाइलो मान्थ्यो । आकाशमा उडेका चरा हेर्दै, गाइने कीरा र पुतलीसँग जिस्कँदै रमाउँथ्यो, रमेश । ऊ अहिले सात वर्षको भयो । विज्ञानका नौला र रमाइला कथा पढ्न खुब रमाउँथ्यो ऊ । कक्षाका अरू साथीभन्दा निकै फरक किसिममा प्रस्तुत हुन्थ्यो, रमेश ।

आऊ नाटक खेलौँ !

  • by

(मञ्चमा केही विद्यार्थीहरू गोलो घेरा बनाएर उभिएका हुन्छन् । स्वागत, सम्पदा, श्रेया, आरिफ, बिनिता, आकार, सनीर, दावा सबैजना ध्यानमग्न देखिन्छन् । उनीहरू सबैले एक-अर्काका हात समातेका छन् । सबैले आँखा बन्द गरेका छन् । नाटकका निर्देशक बालक स्वागत र नाटककार बालिका सम्पदाको आँखा भने खुल्लै हुन्छ । उनीहरू सबैजनाले बाघ, भालु, हात्ती, सिंह, दुम्सी, खरायो, कछुवा, गैँडा, स्याल, मयुर आदिका भेषभुषा लगाएका हुन्छन् ।)

शीर्षक के हो ? (मुना २०६७ मंसिर)

  • by

रोशन आमाबाबुको एक्लो छोरो हो । ऊ अहिले १२ वर्षको भयो । रोशन आफ्ना आमाबाबु र फुपू दिदीका साथ राजधानीमा बस्छ । उनीहरूको पुख्र्यौँली घर यहाँ होइन । उनीहरू खोटाङबाट १० वर्ष अगाडि बसाइ सरेर यहाँ आएका हुन् रे । यो कुरा उसले आफ्ना बाबुबाट सुनेको हो ।

उपकारी बाँदर

साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।

फोक्सुण्डो तालः प्रेमको सागर

  • by

फोक्सुण्डो तालमा देख्छु नेपाली दृढ सौम्यता
गहिरो तालमा भेट्छु नेपाली दिलको कथा
ताल आफैँ बन्यो मान्छे, ताल मान्छे बनेर म
गीतका तालमा आफैँ तालजस्तै रमेर म ।