मधुपर्क २०६७ मंसिर
रङ्गीन माछा
काठमाडौंनजिकको एउटा रमणीय गाउँमा बस्थ्यो, रमेशको परिवार । उसका दाजुभाइ थिएनन् । ऊ गाउँकै स्कुलमा पढ्थ्यो । हिसाब पढ्न ऊ निकै रमाइलो मान्थ्यो । आकाशमा उडेका चरा हेर्दै, गाइने कीरा र पुतलीसँग जिस्कँदै रमाउँथ्यो, रमेश । ऊ अहिले सात वर्षको भयो । विज्ञानका नौला र रमाइला कथा पढ्न खुब रमाउँथ्यो ऊ । कक्षाका अरू साथीभन्दा निकै फरक किसिममा प्रस्तुत हुन्थ्यो, रमेश ।
आऊ नाटक खेलौँ !
(मञ्चमा केही विद्यार्थीहरू गोलो घेरा बनाएर उभिएका हुन्छन् । स्वागत, सम्पदा, श्रेया, आरिफ, बिनिता, आकार, सनीर, दावा सबैजना ध्यानमग्न देखिन्छन् । उनीहरू सबैले एक-अर्काका हात समातेका छन् । सबैले आँखा बन्द गरेका छन् । नाटकका निर्देशक बालक स्वागत र नाटककार बालिका सम्पदाको आँखा भने खुल्लै हुन्छ । उनीहरू सबैजनाले बाघ, भालु, हात्ती, सिंह, दुम्सी, खरायो, कछुवा, गैँडा, स्याल, मयुर आदिका भेषभुषा लगाएका हुन्छन् ।)
उपकारी बाँदर
साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।
