Skip to content

जानुका दाहाल

सम्मान

स्रष्टा अग्रजकै  म लेख्छु कविता सम्मानका खातिर
जो देखेँ  मनले नलेखुँ कसरी लेख्नै भएँ  आतुर ।
निम्ताको  सहजै स्विकार गरने साहित्य  संसारमा

आग्रह

परेँ म आज मोहमा असह्य जल्छ हत्तल
बनी रित्तल पििल्सएँ मिलेन शान्ति शित्तल ।
अपार प्रेम झाँगिदै नशालु नेत्र गड्न गो
म दिन्छु साथ हर्षले कठीन स्वास अड्न गो ॥

वेदना

आत्मा एक बनेछ ज्यान दुइको टाढा भएता पनि
बाच्नै कष्ठ हुँदैछ आज किन हो यो देह टाढा बनी
रम्दै त्यो हँसिलो मुहार बिचमा हाँस्दै बितेका दिन
लाखौ कोशिसले सकेन अहिले ती याद बिर्साउन ।