Skip to content

जयबहादुर रोकाया

बादलपारि लिमी

  • by

यो उचाइको यात्रा थियो र गन्तब्यमा पर्‍यो उपल्लो हुम्लाको लिमी । हिँडेको दुई दिन भइसकेको थियो । दोश्रो बिहान च्याछडा पुग्दा छहराको सौन्दर्यले हामीलाइ मुग्ध बनायो । त्यतिखेर मलाई दार्जिलिङ्गको सम्झना भयो । त्यहाँ योभन्दा सानो छहरा छ तर प्रचार भने ठुलो । यो त्यहाँ भएको भए झन् कस्तो प्रचार गर्दा हुन् ? यो छहरामा सधै इन्द्रेणी लागिरहँदोरहेछ ।