गोपालचन्द्र भट्टराई
अँध्यारो/उज्यालो
छोराको तेह्र दिने काजकिरिया हिजो मात्र सकियो । घरमा आउने-जाने मानिसको हूल अब रहेन, बिहान एकछिन तेह्र दिनभरि भएको खर्चको हिसाब-किताब सम्झाउन छिमेकी नरेशमान आएको थियो । ऊ पनि गएपछि बूढा दिनभरि आफ्नो कोठाबाट बाहिरै निस्केनन् । साह्रै खुम्चेजस्तो, हातखुट्टै कक्रिएजस्तो भएपछि बेलुकीपख भने उनी एक्लै टहल्न भनेर बाहिर निस्के ।
