गणेशध्वजबाट प्रेमध्वज भएँ प्रेमध्वज प्रधान भावनात्मक निबन्ध गोरखापत्र by kbsAugust 23, 2009मेरो जन्म १९९३ साल जेठ महिनामा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । बुबाको नाम रत्नध्वज प्रधान र आमाको प्राणदेवि प्रधान हो । म सानै छँदादेखि बुबा काठमाडौँमा व्यापार गर्नुहुन्थ्यो आमा चौतारामा नै बस्नुहुन्थ्यो । मामाघर काठमाडौँ असन टोलमा हो ।