Skip to content

डा. साफल्य अमात्य

नेपाली संस्कृतिमा शकहरूको योगदान

नेपाल-मण्डलमा लिच्छविकालको सुरुआतदेखि नै शकहरूको उपस्थिति थियो भन्ने कुरालाई हाँडीगाउँको उत्खनन्बाट प्राप्त सामग्रीहरूले पुष्टि गरेका छन् ।

नेपाली संस्कृतिः जात्रा र परम्परा

  • by

विश्वमा नेपाल एउटा यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरू भई नै रहेका हुन्छन् । भनिन्छ, नाचगानको सहर भक्तपुरमा मात्रै वर्षभरि कुनै न कुनै ठाउँमा, कुनै न कुनै चाडपर्व, मेला तथा जात्राहरू हुने गर्दछन् । ठीक त्यसरी नै नेपालको मिथिला प्रदेशमा पनि प्रत्येक महिना कुनै न कुनै चाडपर्व मनाइन्छ ।

उपत्यकाभित्रका भक्तिगीत तथा भजनहरू

काठमाडौँ उपत्यकाभित्र भजनको परम्परा लिच्छविकालदेखि नै भएको हुनुपर्दछ । किनभने केही लिच्छविकालीन अभिलेखहरूमा ईश्वर प्रार्थनाका हरफहरू फेला परेका छन् । उदाहरण स्वरूप हाँडीगाउँ सत्यनारायण स्थानको अभिलेखलाई लिन सकिन्छ । उक्त अभिलेखको ७३ औँ हरफमा “भगवत्तो द्धैपायनस्य स्तोत्रङकृत मनप्ररमेण” भनी अनुपरम भन्ने व्यक्तिले भगवान् द्धैपायन अर्थात् कृष्णको स्तुति गरेको पाइन्छ ।