मान्छे नारायण निरासी पद्य कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009मान्छेको मन पढ्न, चिन्न नसकी मान्छे यहाँ फस्दछ आफ्नो यो बुइँमा चढाइ भुइँमा मान्छे स्वयं फाल्दछ हेर्दा बाहिर जे छ भित्र पनि त्यो उस्तै कहाँ हुन्छ र मान्छेको मन पढ्न चिन्न कहिल्यै मान्छे कहाँ सक्छ र ।