राष्ट्र निर्माता
हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।
Read More »राष्ट्र निर्माता
हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।
Read More »राष्ट्र निर्माता
हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।
द्यौसीको लयमा मयूर वनमा नाची रहेको थियो
जान्छौ लाहुर खै अझै किन यही स्याउ फलेकै थियो
आफ्नै बादल बर्सिएर दिउँसो धर्ती रुझेको थियो
कोसी त्यो बिचरा बिहान किन खै बेच्नै परेको थियो ।
सुख समृद्धि, सुस्वास्थ्य एव म चिरायु र पुगोस् मन चाहना,
नव वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना ।
हराएछन् आशाहरू कम्पित भएछ मन
लाचार भएर बाँच्यो निस्सार जीवन
मुहारका जलप कायाको समर्पण
रुधी खोज्छ रुधीनै के रहेछ मोहन
आयो वसन्तको बेला छैनन् आनन्दका दिन
बिब्ल्याँटो सोच आएको मलाई किन हो किन ।
मेरो छ मित्रहो आज एक नम्रनिवेदन
होम सुवेदी
भ्रम हुन्छन् सबैलाई भएमा भिन्न लेखन
म बडो नम्रता साथ गर्न लागेँ निवेदन ।।
अन्योलग्रस्त हिज्जेको रूप देखेर वास्तव
वर्णविन्यास सम्बन्धी केही लेख्नु पर्यो अब ।।
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा
अनुसर्ग भयो नाम शब्दका पछि आउँदा ।।
वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।
एकाकार कतै हुन्छन् थुपुक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ कतै कतै ।।
यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।
जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रमा सद्भाव अनि श्रद्धाको
बन्धुबान्धव इष्टमित्रसहित आफ्ना नातागोताको
मान, मर्यादा, इज्जत र सम्मान आफ्नै रीतिले गरी
धनको मात सबैमा बढ्नाले नाना किसिम र धरी ।।
आफू बीच सधैं विवाद झगडा अनि इर्ष्या गर्नाले
हर रोज पैसा, द्वेष, अहम्पना बृद्धि हुँदै जानाले
ऐश–आराम र मोज मस्तीको अनुकरण गर्नाले
बंशैको अधोन्नति हुन पुग्यो अबुझ सठ बन्नाले ।।
विश्वको सुन्दर सपना बोक्ने हामी ती आत्मा हौँ
जागेर हामी विश्वलाई नै आश्चर्य पारिदिऊँ
मङ्गल गीत गाउँ न हामी सबैका हितमा
निरोगी बाँचुन् जीवात्मा सब सबैका प्रीतमा ।
कसैले पनि नपाउन् दुःख पृथ्वी भरिमा
सुखले बाँचुन् यो जगतभित्र यसमै छ गरिमा
कल्याण गरौँ सक्दो सबको नगरौँ तिरस्कार
नत्र नन्म हुने छ हाम्रो त्यसै नै बेक्कार ।
बोल्ने इच्छा झटपट भयो, साथ खोज्छु म तिम्रो
किन एक्लोपन हुन गयो, दिक्क लाग्दैछ कस्तो
कोरोनाको कहर बढ्यो बढ्दै त्रासमैं मानिस छन्
सारा हाँस्दा खै अभयसित पोल्छ छाती झन झन
टिलपिल भो आँखामा अश्रु याद आयो सतायो
प्रिया तिम्रो नजिक हुन खै! कस्तो बार लगायो
प्रिया कैल्यै छटपटी नहोस्,शान्ति छाओस् तिमीमा
आशा गर्छु मुसुमुसु खुसी, कान्ति छाओस् तिमीमा
धैर्यता राखेर मनभरी हृदयमा खुसी अपार भर
कर्मै भोग्दैछौं यस्तो जे लेखिएको छ भोग्दै गर
साथी हाँस्छन् खितखित सधैँ साथ मिल्ने सबैको
प्रिया समिप नहुँदा किन यो स्वाद खल्लो भएको
प्रिया झट्टै सब बुझ तिमी, हुन्न सोचेर मात्रै
श्रम मेरो अथक मूल्य तोक्दछ अर्कैले यहाँ
कर्म मेरो भाग्य उस्तै अर्कैको खुल्दछ यहाँ
न पाए श्रमको मूल्य न बुझ्दछ श्रम महिमा
न जाग्यो उर्जा श्रमजिवीमा न आयो चेतना
श्रम गर फलको आशा नगर भन्दै हुर्कियौं
श्रमै लाग्छ मिठो श्रमका मिठा फल खायौं
श्रमको मर्म महत्व ठुलो बुझ्ने खै मालिक
श्रमै हो उर्जा जगाउने उजेलो सूर्यकै सरह
कोही भन्छन् कर्म गर फलको आस त्याग
कोही भन्छन् छोड सबै कर्मको नै पान गर
श्रम दुःख होइन यस्को मूल्य महिमा छ ठुलो
श्रम के हो खै ? श्रम गर्नु भनेको कर्मै गर्नु हो
कर्म गर्नु दुःख हो भने श्रमको अर्थ दुःख हो ?
सार्थक गर्दा कर्म श्रमले उचाई पाउँदछ त्यो