झमकसँग बिताएका चार घण्टा
वि.सं. २०६७ कात्तिक ४ गते झमक घिमिरेको घर पुग्दा बिहानको साढे दस बजेको थियो । धनकुटा ३ कचिडेस्थित उनको घर मलाई आज अरू दिनभन्दा शान्त स्निग्ध र सफा लागिरहेको थियो । म यो चौथो पटक झमकको घर जाँदैछु । आज म उनको घर पुगिने सल्लेरीको वनको बाटो नगएर उनकै घरभन्दा झन्नै एक किलोमिटर माथिको गाडी स्ट्यान्डमा हिले वसन्तपुर जाने माइक्रो बसबाट ओरालो झरेर गएको थिएँ । कटेरा मास्तिरको बाटो देखिनै सफा पारेर बढारिएको थियो ।
