मधुपर्क २०६७ पुस
‘गाउँछ गीत नेपाली’लाई पन्चान्नब्बे प्रतिशतले रोज्नेछन्
उहाँको घरमा भेट्न जाँदा तल्लो तल्लाको वैठक कक्षमा प्रतीक्षारत रहँदा सबैभन्दा पहिले सीसाको फ्रेमभित्र सजिएका हिउँजस्तै सेता अर्धकदका माधव घिमिरेसँग जो कोहीको पनि पहिलो साक्षात्कार हुन्छ । कमलनेत्र छुनामुना स्कुलका हेडमास्टर डीवी लामाले आफैँले बनाएको अर्धकदका माधव घिमिरेलाई उहाँको पचासीऔँ शुभजन्मोत्सवका अवसरमा उपहारस्वरूप प्रदान गरेका रहेछन् ।
कथा शृङ्खलाको पठनीय खण्ड
नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रूपमा आख्यान त्यसमा पनि उपन्यास र कथालाई लिइन्छ । यसो भनेर प्र्रकाशित भएका जति उपन्यास र कथाका कृतिहरू सबै नै पढिन्छन् भन्ने होइन तर पाठकीय छनोटमा पर्न सकेका कृतिहरू हातहातै बिक्ने गरेका छन् । पाठकीय मागदलाई मूल्याङ्न गररे नै प्रकाशकहरू पनि यस्ता कृतिहरूको प्रकाशनमा अग्रसर भएका देखिन्छन् ।
मार्मिक निबन्धसङ्ग्रह
नेपाली साहित्यमा विभिन्न विधामा एकसाथ कलम चलाएर पनि सफल बनेका स्रष्टा हुन् कृष्ण धरावासी । कथा, उपन्यास, कविता, समालोचना, निबन्ध विधामा उनको उपस्थिति बलियो रहेको छ । वि.सं. २०४८ मा ‘बालक हराएको सूचना’ निबन्धसङ्ग्रहबाट कृतिकारका रूपमा परिचित भएका थिए उनी । ‘नारीभित्र त्यस्तो के छ हजुर’ र ‘उत्तमजङ सिजापतिको आलु’ पनि उनका चर्चित निबन्धसङ्ग्रह हुन् । हालै अठारौँ कृतिको रूपमा ‘आँधी नआउने घर’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ ।
राष्ट्रभक्तिपूर्ण सङ्ग्रह
महोत्तरीमा जन्मिएर ललितपुर इमाडोल २ मा बसी निरन्तर आफ्नो कवि व्यक्तित्व विकास गर्ने प्रतिभा हुन् मणिराज सिंह । उनको राजधानी छिरेपछि नामुब कवितासङ्ग्रह दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ। यस कृतिभन्दा अगाडि उनले लेखेको अक्षर खुर्पा र खुकुरीहरू नामक कवितासङ्ग्रह २०६५ वैशाखमा निस्केको थियो । प्रस्तुत कवितासङ्ग्रहमा जम्मा सत्चालीसओटा समसामयिक कविता सङ्ग्रहीत छन् । सबैजसो कवितामा कवित्व प्रबल रहेको छ भने ूपतन्त्र गद्दलयको मिठास पनि पाइन्छ ।
मोती पुरस्कारको ऐतिहासिक दस्तावेज
नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा पुरानै भए पनि पुरस्कारहरूको क्रमबद्ध र व्यवस्थित इतिहास सङ्ग्रह गरेको पाइँदैन तर डिल्लीराम मिश्रको ‘युवावर्ष मोतीपुरस्कार सर्जक र सिर्जना’ पुस्तक राष्ट्रिय युवासेवा कोष र युवावर्ष मोती पुरस्कारको ऐतिहासिक दस्तावेजका रूपमा आएको छ ।
