Skip to content

श्यामप्रसाद शर्मा

मधुपर्कको दोष छैन

  • by

साहित्यिक पत्रकारितासँग जोडिएका मेरा धेरै स्मरणहरू छन् । कतिपय प्रकाशन पनि गरेको छु भने कतिपय स्मरणबाट टाढा भइसके । समय व्यतीत हुँदै जाँदा र उमेरको कारणले कतिपय स्मरणहरू त्यसै हराउँदै जाँदा रहेछन् । त्यतिबेला म वामआन्दोलनमा थिएँ । पञ्चायती सरकारको विरोधी आन्दोलनका क्रममा जेलनेल पनि भोगियो । पञ्चायतकालको जगजगीमा पत्रिका निकाल्नु वा सरकारको विरोधमा बोल्नु कठिन काम थियो ।