Skip to content

moshe katan

आउ युद्ध लडौं

आउ एउटा युद्ध लडौं
जहाँ बारुदको कुनै हल्ला हुने छैन
रणनीति को कुनै सल्लाह हुने छैन
केवल मौन संघर्स हुने छ
एक अर्काको परिपुरक बनि
दुवैलाई जिताउन

मेरा बाटो हराएका सिपाहीहरुलाई

गजल

 तिमीलाई पाउने आशा राख्नु जिन्दगीमा भूल थियो
टिपी सके पछि देखे पलासको फूल थियो

भोक निन्द्रा सारा त्यागी एकोहोरो माया गरे
तिम्रै लागि यौबन बित्यो तर सबै फजुल थियो