राजु र ख्याउटे सुभद्रा गौतम बाल कथा मुना २०६७ साउन by kbsAugust 25, 2010सिन्धुपाल्चोक जिल्लाको एउटा गाउँमा ख्याउटे बोकाको जन्म भएको थियो । त्यस घरमा राजु भन्ने सात वर्षको बालक पनि थियो । राजुले ख्याउटेलाई सानैदेखि असाध्यै माया गर्थ्यो । त्यस घरमा राजु, उसकी बहिनी रीमा, बा, आमा र उसका हजुरआमा पनि बस्नुहुन्थ्यो ।