नक्कली चोर
दैलो हृवाङ्गै थियो ।
ऊ सरासर भित्र पस्यो । भित्रका पनि हृवाङ्गै उघ्रेका दैलाहरुले सीधै पुर्याउने कोठासम्म पुग्यो ऊ । त्यहाँ एकजना नकावधारी सेफ खोल्ने प्रयत्नमा जुटिरहेको थियो । पदचापसहित कोठामा पसेको दोस्रो मान्छेको उपस्थितिबोध उसलाई अवश्य भएको हुनुपर्छ तर उसले पछाडि फर्केर पुलुक्कसम्म हेरेन । बरु आफूले कम्मरमा भिरेको हात-हतियारलाई पो नियाल्यो । निहुरिएर सेफ खोल्न बस्दा उसको कमिज माथि उचालिएर ती सबै बाहिर देखिरहेको थियो ।
