सिरक देवराज जोशी बाल कथा मुना २०६७ साउन by kbsAugust 25, 2010“हिजोआज सिरकको कति पर्छ बा ?” पुस-माघको दाँत बज्ने ठिहीमा अगेनाको छेउमा आगो तापेर बसिरहेका बासँग कुमुदले सोध्यो । “किन तिमीलाई ओढ्ने पुगेन ?” छोराको सोधाइको अर्थ बुझ्न खोज्दै बाले भने । “हो ! मुन्टो हल्लाउँदै कुमुदले भन्यो ।