निउरी मुन्टी ‘न’
एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर बढ्दै गयो, कान्छो छोरो कहिले उठ्ने कहिले सुत्ने गर्न थाल्यो, खाटका उडुसहरू झन् सक्रिय हुन थाले । सडकमा भुस्याहा कुकुर भुक्न थाले । रातको नीरवता खलबलिन खोज्यो ।
