Skip to content

मधुपर्क २०६७ जेठ

महाकविका निबन्धहरूको सँगालो

  • by

नेपाली साहित्यमा निबन्ध विधाले अहिले जुन किसिमको उचाइ प्राप्त गरेको छ, त्यसको जगमा रहेका केही व्यक्तित्वहरूमा सबैभन्दा अग्रणी व्यक्तित्व हुन् लक्ष्मीप्रसाद देवकोटा । आधुनिक निबन्धका क्षेत्रमा देवकोटाले पुर्याएको योगदान अन्य निबन्धकारहरूसँग अतुलनीय नै छ । महाकवि देवकोटाको जन्म शताब्दी महोत्सव मनाउनेक्रममा प्रस्तुत कृति-‘महाकवि देवकोटाका निबन्ध’ प्रकाशित भएको हो ।

नदी र जीवन

  • by

पूर्वलिखित दुईवटा निबन्धहरू च्यातेपछि म ढुक्क भएको छु । अब म नयाँ निबन्ध लेख्न चाहन्छु । यो निबन्धको अन्त्य कसरी हुन्छ ? मलाई थाहा छैन । यो निबन्ध अन्त्य थाहा नभएको एउटा सुरुवात हो । जीवन पनि त अन्त्य थाहा नभएको एउटा सुरुवात न हो । मानिसले निष्कर्ष भेट्टाएको छ कि जीवनको अन्त्य मृत्यु हो तर मृत्युको आगमन कसरी हुन्छ, कसैलाई थाहा छैन । यो लेखिँदै गरेको निबन्ध र जीवनमा एउटा लोभलाग्दो समानता छ । यिनीहरू दुवैको अन्त्यको कुनै स्पष्ट टुङ्गो छैन ।

दुःखले छुँदा

  • by

कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही गरे पनि मन शान्त नभएपछि घरको बरण्डामा गएर बस्छु । वरिपरिका वातावरणको अनुहार हेर्दा हेर्दै कतिबेला कतिबेला बाहिरी वातावरणले मेरो मन रमाउन थाल्छ । आफ्नो मन देखेर आफै छक्क पर्न थाल्छु ।

लयको खोजीमा

  • by

अन्धकारको अवशानमा हिँडेको उज्यालो पथको खोजीमा यात्रारत छु । निरन्तर बगिरहने एउटा गतिको अन्वेषणमा छु । सोचिरहेछु, यो गतिमा त्यो उज्यालो पथ कहाँनेर छ ? यो गतिमा त्यो अन्वेषण कुनबेला जोडिन आइपुग्ला ? एउटा यान्त्रिक गतिले मात्र जीवनलाई कस्तो गति देला ? चाहन्छु, यो गति मात्र गतिको लागि नहोस्, एउटा लक्ष्यको निकास बनोस् ।

बूढो रूखको आत्मवेदना

  • by

ओहो ! समय पनि कति चाँडै बित्दो रहेछ । हिजो मात्र जस्तो लाग्छ यस ठाउँमा उभिएर संसारको गतिविधि निहाल्न थालेको युगै बितिसकेछ । अब त बूढो पनि भइएछ कि क्या हो शरीरमा चाउरीहरू देखिन थालेका छन्, हागाबिगा पलाउन पनि छाडेका छन् । न पहिले जस्तो चहलपहल छ, न नयाँ पालुवा नै आउन सकेका छन् ।

अक्षरको बिस्कुन

  • by

मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ । अलिकति बुद्धीले काम गर्नुपर्छ । बुद्धि त पुर्याएँ कि पुर्याइँन, तर केही आलेखहरूमा बरालिएँ । कविता र निबन्धमा भने मनलाई त्यति बाँधिरहनु पर्दैन ।

घडी

  • by

दिनहरू छिचोल्दै जाँदा गणनाभित्र हजारौँपटक बरालिन्छ मस्तिष्क ! सोचाइका तह-तह महिना, हप्ता, बार, घण्टा, मिनेट, सेकेण्ड हुँदै घडीका कुनाकाप्चा जोतिन्छन् । हरेक काँटाहरूमा अडिएको मन फन्का मार्न थाल्छ, घुमिरहन्छ जिन्दगी ! घडीसँगै घुमिरहेको मेरो जीवनको हिसाब बुझेर अत्तालिन्छु कहिलेकाहीँ । कहिलेकाहीँ घडीको बाटो नापेर लामो सङ्घर्ष पढ्दापढ्दै बीचैमा रोकिन्छु अनि ठोकिन्छु क्रमशः छोटिँदै गएको आफ्नो पूर्ण यात्राको पूर्ण बाटो सम्झिएर !

जीवन बाँच्ने ढङ्ग

  • by

भन्छन्, जीवन जिउन सपना हुनुपर्छ । सपना भएन भने के जिउने त्यो पनि थाहा हुँदैन । भन्छन्, चाहना वा कुनै कुराको इच्छा हुनुपर्छ । कुनै कुराको इच्छा नै नभए जीवन जिउने आधार नै के ? म आफ्ना साथीभाइलाई हेर्छु, आफैंलाई हेर्छु, सबैमा चाहना छन्, इच्छा पनि छन् र सपना पनि छन् । जीवन पनि जिइरहेका छौँ । कहिले सुखमा छुट्पटिँदै त कहिले दुःखमा छटपटिँदै जीवन बिताइरहेका छौँ । कहिले होसमा त कहिले बेहोसीमा । सुखले छुन्छ, रातभरि निद्रा लाग्दैन । दुःखले छुन्छ, रातभरि निद्रा लाग्दैन । दिन सबै हतारमा बित्छन् ।

झण्डा र झगडा

  • by

झण्डासँग सबैको नाता आत्मीय हुनुपर्छ । त्यो नाता बराबरी र पुरानो पनि हुनुपर्छ । झण्डासँग मेरो नाता निकै पुरानो छ । त्यो नाता जन्मसँगै प्रारम्भ भएको हो । मैले तोते बोल्न नसक्दै । मैले ताते हिँड्न नजान्दै । त्यो नाता मेरी आमाले मलाई झण्डारूपी रुमालले हम्किँदै शीतलता प्रदान गरिदिएको आज पनि सम्झन्छु । अहिले पनि गर्मी याममा शीतल पार्न पफ्ारूपी झण्डाले हम्किने गर्छु । झण्डाको काम हेर्दा यस्तो लाग्छ, झण्डा नभए त केही कामै पो नहुने रहेछ ।

ढाकाटोपीको कमाल

  • by

अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा हिँडिरहँदा- कुनै अपरिचित अमेरिकन वा विदेशीले सोध्छ- तिम्रो शिरको टोपी कति राम्रो ?

म धन्यवाद भन्छु ।

निशब्द पोखिएको प्रेम

  • by

एक उच्छ्वास, बहकिँदै सम्हालिँदै गरेको मन
स्वयम्भूका दुई अर्धमूदित नयन,
सोच मग्न, व्यग्र अथवा शान्त !!
बाँदरहरूको आफ्नै प्रेम, सङ्घर्ष, झगडा र भाषा ।

महानगर र म

  • by

महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्ग्रिएर आहतआहत बाँचिरहेको छु म ।

मनपर्यो अमेरिका ?

  • by

अष्ट्रिनमा छु । तिमी वासिङ्टन डी.सी.मा छ्यौ । हामी निकै टाढा छौँ । प्रत्येक दिन फोन सम्पर्क हुन्छ । वैज्ञानिक चमत्कारले गर्दा एउटा व्यक्ति अर्को व्यक्तिबाट जतिसुकै टाढा भए पनि नजिकै हुन्छ । विश्वगाउँ भएको छ, म गाउँले । गाउँका चौतारामा सुस्ताउन पाउँदा रमाइलो लाग्छ । यतिबेला म तिमीसँग पत्रबाट अन्तरहृदय खोल्दैछु । गाउँ होइन ।

अमूर्त दुःख

  • by

‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् । जल, वायु, प्रकाश/अग्नि र माटोसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ ।

श्वेत सलाम !

  • by

श्वेत सलाम ! यो कुनै अभिवादनको अर्थमा होइन । गर्नैपरे आफ्नै परम्परा छन् । फरक भएर गर्नेहरू लालसलाम नै भन्छन् तर यो जसले पायो त्यसले गर्दैन र जसरी पायो त्यसरी पनि गरिँदैन । अलिकति भए पनि राजनीतिको चन्दन दलेपछि मात्र लालसलाम गर्ने प्रचलन छ । यसको शैली पनि आफ्नै प्रकारको छ । दाहिने हातको मुठी कसेर कानको छेउछाउसम्म दह्रोसँग उठाएपछि मात्र भन्न मिल्छ लालसलाम ।

म एक्लो र उदास उस्तै

  • by

छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकाङ्क्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिशापजस्तो जितको अर्थ नै के छ र !

अनुभवहरूको जुलुस

  • by

सुदूर जिल्ला दार्चुलाको टुँडिखेलमा एउटा दुई दिवसीय कार्यक्रममा म पनि उपस्थित छु । राजधानीबाट गएका अरू केही साथी मसितै छन् । कार्यक्रममा दर्शक बनेका सयौं स्थानीय जनहरूमध्ये दुइटी किशोरी हाम्रो नजिक आइपुग्छन् । दुवै जना आफ्नो किशोरवयलाई छोडेर तरुणाइको मनमोहक सङ्घारमा उभिएका छन्, जुन कुरा उनीहरूको शारीरिक अवस्थाबाटै लख काट्न सकिन्छ ।

साधारण जिन्दगी ?

  • by

यो एक्काइसौँ शताब्दी हो । अहिले संसार अचम्मैसँग बद्लिएको छ । यति धेरै फैलिएको यो संसार पनि सानो भइसकेको छ । सानो छँदा टेबलमाथि राखिएको पृथ्वीको डल्लोलाई म खुब घुमाईघुमाई हेर्ने गर्थें । ईंटको आकारको नेपालसँगै भारत, चीन, रुस र अरू थुप्रै देशहरूका नामहरू पढ्दै जान्थेँ म । मेरो सानो चेतनामा त्यो भकुण्डो जस्तो गोलो पृथ्वीका उर्द्धरेखा र समानान्तर रेखा अनि नीलो जलराशिको पृष्ठभूमिमा माकुराको जालोजस्ता किरमिर कोरिएका देशहरूका अनेक आयतनका नक्साहरूले मलाई आकषिर्त गर्थ्ो ।

शङ्करः आत्मगाथाको प्रतिध्वनि

  • by

शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामर्थ्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा निम्ति आकर्षण कहिले बनेन वा उनी भविष्यमा यति प्रिय लेखक होलान् भन्ने अन्तर्बोध मलाई कहिले कतै भएन । म सधैँ दृढ थिएँ, मान्छे मन परेपछि मात्र लेखक मनपर्छ भनेर । मलाई मान्छे मनपराउन साह्रै गाह्रो थियो र छ अझै पनि ।

तपाइँको पहाड कहाँ हो ?

  • by

‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा हो – “मेरो पहाड ताप्लेजुङ जिल्ला हो, फूलबारी गा. वि. स. ।”