Skip to content

सरोज शाही

सानी गीता र पानीको समस्या

  • by

“के गर्नु छोरी ! हाम्रो धारामा पानी नै आएन । अब भात पकाउन पनि पानी छैन । भाँडा माझ्न पनि पानी छैन ।” रित्तै गाग्रो बोकेर धाराबाट फत्फताउँदै गीताकी आमा फर्किन् ।

आमाको दुःख देख्न सक्दिनथी गीता । घरमा दिनहुँ जसो पानीको समस्या परिरहन्थ्यो । नेपाल पानीको दोस्रो धनी देश हो भनेर गीताले पढेकी पनि थिइन् तर उनलाई त्यो कुरामा कत्ति पनि विश्वास लाग्दैनथ्यो । गीताको टोलभरि पानीको दुःख थियो । धारामा पनि ठूलो लाइन लागेको हुन्थ्यो । पानीको समस्या टोलबाटै समाधान गर्न पाए गीता खुसी हुन्थी होला ।

ब्याक्टेरिया र भाइरसको सपना

दिउँसो साथीहरूसँग घुम्न जाँदा ग्रीष्मले बाटोमा चट्पटे र फोहोर पानी खाएको थियो । अहिले साँझ उसलाई बेस्सरी पेट दुख्न थाल्यो । चिसो बरफ पनि खाएको थियो । साँझ परेपछि उसलाई हनहन जरो पनि आउन थाल्यो । ग्रीष्मको आमा-बाबु चिन्तित हुन थाल्नुभयो । ग्रीष्म पनि पेट दुख्यो भनेर कराउन थाल्दा बाबाले डाक्टर अङ्कललाई फोन गर्नुभयो ।