Skip to content

दयाराम पाण्डे

परमआनन्द, जीवन र गायत्री मन्त्र

आनन्द र जीवनको अन्योन्याश्रति सम्बन्ध छ । जिउने कला जान्नका लागि आनन्द प्राप्त गर्न जान्नुपर्दछ भने आनन्द प्राप्त गर्नका लागि अध्यात्म चिन्तनलाई भौतिक विज्ञानसँग समायोजन गर्न आवश्यक पर्दछ । प्रकृति भौतिक विज्ञानको स्रोत तथा अधिष्ठान हो । मूल वेद-ऋग्वेदलगायतका ४ वेदहरू, बेदान्त विज्ञान हेर्दा यो यथार्थमा बाँच्ने कला सिकाउने प्रकृति प्रधान तथा नित्यकारी उपायहरूको खानी रहेको पाइन्छ ।