आउनुहोस गजल संवन्धी बहशमा भाग लिऔ
आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन ।
नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो ।
