विश्लेषण/समालोचना

डेउडामा नयाँ अन्तरङ्ग

  • by
ShivaRajKalauni-02

डोटेली भाषामा शब्दहरूको त्यस्तो कुँजी डेउडा हो जसले डोटेली भाषा र डोटेली लोकसाहित्यमा विशेष महत्व राख्दछ। डोटेली क्षेत्रमा डेउडाको विशेष महत्व रहेको छ, कला-साहित्य प्रेमिहरुका लागि डोटेली भाषामा अध्ययन अनुसन्धानका लागि समेत रोचक छ ।

Read More »डेउडामा नयाँ अन्तरङ्ग
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

दोस्रो कोरोनाबाट सचेत बनौँ

कोरोना महामारी मत्थर भएर अहिले फेरि बढ्दो ग्राफमा छ । अवश्य नै यो दोस्रो लहरको सुरुवाती चरण हो । अहिले कोरोनाको खोप लगाएकाहरुले दोस्रो पटक लगाएमा मात्रै त्यो प्रभावकारी हुन्छ ।

Read More »दोस्रो कोरोनाबाट सचेत बनौँ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”

केदार संकेत सुनुवारजीसँग मेरो दशक पुरानो चिनजान छ। शब्दसिर्जनाले भर्च्युअल दुनियाँमा भेटिएर हामी आजपर्यन्त न्यानो र आत्मीय मित्रतामा बाँधिएका छौँ ।

Read More »युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

  • by
SadanandaAbhagi-03

परिचय –

भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना

Read More »श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

मनकारी अभियन्ता बलदेव चाड

  • by
ShivaRajKalauni-02

यस लेखमा प्रवासबाट समाजको विकासका लागि लागिपरेका सुदूरपश्चिमका मनकारी अभियन्ता बलदेव चाडको व्यक्तित्वमाथि प्रकाश पार्ने कोशिश गरिएको छ ।

Read More »मनकारी अभियन्ता बलदेव चाड
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

निमुखाका पक्षमा लेखिएका कथा

  • by

असङ्ख्य मौरीहरूको अथक परिश्रमपछि अमृततुल्य मह चाकामा भरिए जसरी अनेकौं अथकित सर्जकहरूका साहित्यिक सिर्जनाले साहित्यभण्डार भरिने कार्य निरन्तर चलिरहेको छ । यस्तै एक अथकित स्रष्टा हुनुहुन्छ, राममणि पोखरेल !

Read More »निमुखाका पक्षमा लेखिएका कथा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन

  • by
NandaLalAcharya-09

साहित्यिक सर्जक राममणि पोखरेलको उमेरगत, अनुभवगत र सरसंगतको दाँजोमा म एकदमै मामुली मान्छे हुँ । उहाँको छोरानाति कहलिने काँचो माटो नै हुँ । यत्तिखेरसम्ममा म कसैका साहित्यिक कृतिको भूमिका लेख्ने हैसियतमा पनि पुगेको छैन ।

Read More »कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
kamagra

नन्दलाल आचार्यको कथाकारिता

PunyaKarki

समकालीन साहित्य लेखनमा लम्कँदै गरेका एक अथक अक्षरयात्री नन्दलाल आचार्यको विषयमा लेख्न बस्ता कहाँबाट सुरु गर्ने आफैँ अलमलमा परेको छु । तथापि उनका कथाकारिताको विषयमा केही लेख्तै छु ।

Read More »नन्दलाल आचार्यको कथाकारिता
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

मैले बुझेको जीवन कति सरल कति कठिनमा अनुशील

  • by
SadanandaAbhagi-03

हो जिन्दगी अद्भुत एक सृष्टि
चल्ने कुनै आकृति तुल्य दृष्टि
आरोह हुन् या अवरोह धेर
बन्यो यही जीवन गाँसिएर

Read More »मैले बुझेको जीवन कति सरल कति कठिनमा अनुशील
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20210131_ChandraMadenAnchhan-Lekh

रुदिना र शिव प्रधान

हङकङमा नियमित हुने साझा साहित्यको ९९ औं शृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास “रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुई-तीन जना साथीहरुको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएको रहेछ, तर वहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिल्यै उपस्थित हुनुभएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३ लेखनबारेका केही तथ्यगत कुराहरू

३ लेखनबारेका केही तथ्यगत कुराहरू
होम सुवेदी
व्यञ्जनवर्णहरूमाः
क् ख् ग् घ् ङ् च् छ् ज् झ् ञ् ट् ठ् ड् ढ् त् थ् द् ध् न् प् फ् ब् भ् म् य् र् ल् व् श् ष् स् ह् क्ष् त्र् ज्ञ्

यहाँ लेखिएका सबै व्यञ्जन वर्णहरूलाई हलन्त गर्नुको कारण स्वररहित गर्नु हो । यिनै व्यञ्जन वर्णमध्ये कतिपय वर्णहरूमा उच्चारण तथा लेखमा टढ्कारो समस्या छ । म अब यिनको अजन्त रूपमा रहेर चर्चा गर्छु ।
ङ लेखेर अङ बोलेको सुनिन्छ । जो अक्षरशः गलत हो । घ र ध का अनुहार उस्तै देखिने हुँदा भ्रम हुन सक्छ ।
ञ जुन ध्वनिका लागि बनेको थियो त्यो ध्वनि हाम्रो जिब्रोले उच्चारण गर्दैन । यो ञ लेखिन्छ तर यँ बोलिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘सवाई काव्यको सैद्धान्तिक परिचय’ को सामान्य परिचय

डा. स्व द्रेणकुमार उपाध्यायको २०६७ सालमा मीरादेवी पौडेलको प्रकाशकत्वमा प्रकाशित पुस्तक हो ‘सवाई काव्यको सैद्धान्तिक परिचय’ । यो कृति आकारमा सानो भएर पनि कृतिले समेटेको विषय अत्यन्त महत्वको र विषद किसिमको रहेको छ । नेपाली साहित्यको फाँटमा सवाई साहित्य एक अलग विशेषता बोकेको साहित्यिक फाँट हो जसको आफ्नै परम्परा, इतिहास र साक्षी छ । सवाईका बारेमा कृतिकार स्वयंको प्राक्कथन र प्रकाशिकाको सानो प्रकाशकीय मन्तव्यका साथ यो कृतिमा सवाईको सिद्धान्तलाई केलाउन चिनाउने र यसको नेपाली साहित्यमा के कस्तो इतिहास छ त्यस कुरालाई पर्घेल्न खोजिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखनबारेका केही तथ्यगत कुराहरू

पठन र पाठनमा आफूले जीवनका यो बेलासम्म बिताइयो । साना कक्षामा उहिल्यैदेखि भए पनि उच्च कक्षामा २०३८ सालदेखि अध्यापन थालियो र अहिले त रिटायर पनि भइसकियो । यो पक्ष अलग हो यसबारे कुरा रहून् ।

पढाउँदा कहिले पनि बेइमानी गरिएन बाटो पनि छोडिएन । साथीहरूमध्ये कति जना लामै यात्रामा वा भ्रमणमा दस पन्ध्र दिन जानुहुन्थ्यो र यता सर्लक्कै हाजिर गर्नुहुन्थ्यो आफूले त्यो उद्योग पनि गरिएन । यसबारे पनि नभनूँ धेर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SadanandaAbhagi-03

भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)”बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा “मेरा पाइलाहरू” र २०६९ सालमा “छरिएका पाइला कोरिएका डोब” नामक नियात्रा सङ्ग्रहहरू पाठकसामु ल्याइपुर्याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा “अनमोल पुरस्कारहरू” नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति “बिसौनी वल्तिर” (नियात्रा सङ्ग्रह, २०७७)मा घोत्लिन थालेको छु म।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनोहर कुमार पोखरेलको ‘समाचार’

समाजका जल्दाबल्दा परिस्थिति र घटनालाई कथानक बनाई कथा लेख्ने कथाकार मनोहर कुमार पोखरेलको समाचार शैलीमा लेखिएको ‘समाचार’ कथामा वर्तमान परिस्थितिमा आम युवाहरूको भोगाइलाई हुबहु लेखोट गरिएको छ ।

मनमा आँधी चलाउने खालको नियतिले ठगिएको परिस्थिति समेट्ने ध्येयले सिर्जित ‘समाचार’ कथाले साहित्यको क्षेत्रमा नवीनता भित्र्याएको छ । हातमुख जोर्ने क्रममा विदेसिँदाको पीडा कथामा वर्णित छ । सोचेजस्तो नहुने, नियतिले पढाएजस्तो मात्रै हुने र समग्रमा सम्झौतामा जीवन बाँच्नुपर्ने अवस्थालाई सफलताका साथ चित्रण गर्ने क्रममा कथाले आकार लिएको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20201105_ManoharPokharel-NandaLalAcharya-KumarBablu

कलाकारिताको सेरोफेरोमा सप्तरी


नेपाली हिन्दू परम्परामा प्राय: मानव जीवनको प्रादुर्भाव संगीतबाट हुन्छ र अन्त्य पनि संगीतमै टुङ्गिन्छ । किनभने मानवको जीवन स्वयम् लयबद्ध छ र हुन्छ पनि । त्यसैले त सबै थोक व्यवस्थित हुन्छ । हामीले जीवनको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गरेका हुन्छौँ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । भन्न पनि भनिन्छ, मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटमा पुगेर विलिन हुन्छ । मृत मानिसलाई ‘राम नाम सत्य हो’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्वसाधारण, कोरोना र ठूलो चाड

लकडाउनको समयभन्दा अनि निषेधाज्ञाको समयभन्दा अहिले विश्वका प्राःय ठाउाहरुलाई कोरोनाले गाँजेको छ । निर्मूल भयो भनी पार पायो भनेका ठाउँहरुमा पनि दोस्रो चरणको महामारी भनी उनीहरु सजग भइरहेका छन् । यो भाइरसको प्रकृति, प्रवृत्ति बारे अझै वैज्ञानिकहरु निक्र्यौलमा पुग्न सकिरहेका छैनन् । रातदिन अनुसन्धानरत छन् । उपचारको औषधि पत्ता लगाउन अब थोरै समयमात्र बाँकी छ भन्ने समाचारहरु पनि बाहिर आइरहेका छन् । केही ठाउँमा भने पत्ता लागेर पनि परीक्षणपछि सार्वजनिकीकरण गर्ने भन्ने समाचार आइरहेका छन् । यस्तोमा सकारात्मक कुराको पर्खाइ गरेर सजग रहनुबाहेक अरु उपाय देखिँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कमल आचार्यको कोसेली भित्र पस्दा

परिचय–
होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा दुईओटा कीर्तिहरू ‘‘कोसेली’’(२०७५) र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । त्यसै दिन विमोचन समारोहमा म पनि सहभागी हुने मौका पाएको थिएँ । उहाँ मसँग पूर्व परिचित भए पनि उहाँको कवित्व शक्तिको बारेमा मलाई थाहा थिएन । उमेरको हिसावले उहाँ मेरो दाज्यू नै पर्नुहुन्छ भने भावनात्मक रूपमा उहाँ मेरो सहृदयी मित्र हुनुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एसएमएस पालना गरौँ

दृष्य क
एउटा ठेलामा तरकारी बेच्न राखिएको थियो । तरकारी नकिनी ठेला समाएर १०…..१२जना गफमा मस्त थिए । मैले तरकारीको मोल सोधेँ, व्यापारकै मतलब नगरी सुन्याजस्तै गरेनन् बरु अरु गफ गरिरहे । मैले उनीहरुको गफमा ध्यान नदिई पाइला अन्तै मोडेँ । गफ गर्नेहरुमा २ जनाको मास्क पनि थिएन ।

दृष्य ख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •