Skip to content

बिमल गुरुङ

एक किलो जंगल

(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कविताले उनलाई निरंकुश पञ्चे शासकहरूको नजरमा अझ बढि अराष्ट्रिय कुतत्व हुन मद्दत मिलेको थियो)

बर्षौं – बर्षदेखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फाँसीको – फन्दाको
कविता लेख्न लागेको छु ।