रामजी बलामी
अँध्यारोबाट उज्यालोतिर
“प्यारी त्यसरी पीर नगर्नु । दुई वर्षमा त फर्किहाल्छु नि । त्यसपछि ल्याएको केही कमाईले बाबुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राति सुत्ने बेलामा आँसु पुछ्दै आफूलाई काखमा राख्दै भनेका यी वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ । रातभर आफ्नो जीवनसंगीसँग भावी जीवनको रुपरेखा कोरेर खाडी पसेका रमेशले सोचे जस्तो कहाँ सरल थियो र खाडी जीवन ।
उफ् : एउटी गाउँले चेलीको पीडा सम्बन्धी कथा
‘‘पास भयौ भने उतै बसेर पढ्न आउनु है नानी,” गएको दशैमा घर आउदा अंकलले भनेका यी वाक्य कोपिलाले झट्ट सम्झी। उसको मुहारमा पास हुनुको खुसीभन्दा पीडा देखिन्थ्यो । पहिलो श्रेणीमै एसएलसी उतिर्ण गरेकी उसले अब कसरी क्याम्पस पढ्ने, पढ्ने कि नपढ्ने जस्ता अनुत्तरित प्रश्नले दिनहुँ सताउथ्यो । ऊ एक्लै घोत्लिन्थी, रातभर यही कुराले बिताउँथी । मनमा उठेका एक पछि अरु प्रश्नले ऊ अवाक बनेकी थिई । एक मनले भन्छ – उतै अंकलकै कोठामा बसेर पढ्नु । लगत्तै अर्को मनले भन्छ- शहरमा कहाँ अरुको कोठामा सधैं पाहुना हुन भयो र ? मन बरालिरह्यो । घरको दयनीयता र शहरमा अंकल सिवाय अरु नहुनुले उसको अब पढ्ने इच्छा लगभग मरिसक्यो । समय न हो, यो खोला सरी बगिरहन्छ, झरना सरी झरिरहन्छ । न कसैले रोक्न सक्छ न त छेक्न नै । तर खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? आफ्नो साथीहरू सबै शहर गईसकेको र आफ्नो अझै दोधारपन भएकाले घरमा सल्लाह गरी । अन्ततः अंकलकै कोठामा बस्ने निधोका साथ उज्ज्वल भविष्यका इच्छा, चाहना अनि मनभरिको पीडा वोकेर ऊ धूवाँमय शहर पसी ।
राम्रो ‘म’ को महात्मय
कपुरी ‘क’, भकारी ‘भ’ को त्यती गुणगान नगाए पनि राम्रो ‘म’ को प्रयोग भने नेपालमा अधिकतम रुपमा नै भइरहेको छ । खै भ लाई पुकार्दा भकारी बोक्नु पर्ला भनेर हो कि ? अनि ‘म’ राम्रो भएर नै ‘म’ लाई जताततै सजाएको हो, एकछिन त अलमल मै परें । जे होस यो ‘म’ भन्ने शब्दको प्रयोग नहुदो हो त आज नयाँ नेपालको गन्ध नै नपाउने थिए हुँला सायद । बालकदेखि बृद्धसम्म सबलाई मन पर्ने “म’ लाई हामीले मात्र कसरी नकार्ने त होईन त्यसैले ‘म’ लाई नै पुकार्दै यो गुणगान गाउन लागेको छु ।
शिर्षक ः परिश्रमी किसानको व्यथा
पढाइको सवालमा नाम मात्र लेख्न जानेका परिश्रमी कृषक विरमान माघ महिनाको तुषारोसँग अगांलो हाल्दै खेततिर गइरहेको छ । जाडोले फुटेको पाइतालामा एउटा हात्तीछाप चप्पल लगाएको देखिन्छ । आज उसको आलु रोप्ने पालो परेको छ । उनको जेठो छोरा काठमाडौमा पढ्छ भने कान्छो छोरा र छोरी गाँउकै एउटा बोर्डिङ स्कुलमा पढ्छन् । उमेरले पचास नाघिसके पनि उनको हिंडाइमा कुनै जोश मरेको देखिदैन् ।
