मामाले दसैमा दिएको नयाँ जिन्स,
गला तन्केको, नाभिभन्दा थोरै तल सानो प्वाल परेको टि-सर्ट,
परार साल आमाले खसी बेचेर किनिदिएको
कटन पेन्ट घुँडाबाट फाटेपछि बनाएको हाफ पेन्ट,
बाबुले जन्मदिनमा किनिदिएको हातको बाहुलामा
बटम नभएको कमिज,
दुई वटा फिता भएको सानो झोलामा
पोको पारेर ।