Skip to content

अन्तै नजर चलाएर गयौ


आज पनि अन्तै नजर, चलाएर गयौ
मेरो मुटु भित्रभित्रै, जलाएर गयौ

बाटो कुरी बस्या थिएँ, आयौ आउन तिमी
आसै मर्यो जब आँखा, नलाएर गयौ

मन बेताब हुन थाल्यो, हंसले ठाऊँ छाड्यो
हात गोडा लल्याक लुलुक, गलाएर गयौ

जोरजाम गरी सर-सामागृ, एउटा राम्रो घर बनायौ
खरको छानो हाल्यौ आगो, बलाएर गयौ

1 thought on “अन्तै नजर चलाएर गयौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *