Skip to content

रोहित असीम

यो मनको पीर भन्न भा’छैन

यो मनको पीर भन्न भा’छैन
गडेको छ तीर भन्न भा’छैन
आँखा कहिल्यै ओभानो भएन
कति बगे नीर भन्न भा’छैन
बेचैनीमा सास बढ्न थाले
मन छैन थिर भन्न भा’छैन
पीरको भारी कहाँ बिसाउ?

आँसु अविरल बग्न थाल्यो

आँसु अविरल बग्न थाल्यो
धोएर गाजल बग्न थाल्यो

पहाड बन्छु भन्ने हिउ हेर
बनेर तरल बग्न थाल्यो

अटेन बेदना मनमा अब
गरेर हलचल बग्न थाल्यो

बगर लग्ने सागरको रहर

हरेक साँझ म पिएर मात्तिएको हुन्छु

हरेक साँझ म पिएर मात्तिएको हुन्छु
उदास यो जिन्दगीदेखि आत्तिएको हुन्छु

धुजा धुजा भै फाटेको जिन्दगी चलाउन
टाल्छु यता, उता तर च्यातिएको हुन्छु